मुख्य समाचार
इजरायली सेनाले ५१ जनाको ज्यान लिएको गाजा उद्धारकर्ताको दाबी
इजरायली सेनाले ५१ जनाको ज्यान लिएको गाजा उद्धारकर्ताको दाबी

— युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा युद्धविरामका लागि नयाँ पहल भइरहँदा इजरायली सेनाले सोमबार समुद्री किनारको विश्राम क्षेत्रमा २४ जनासहित कम्तीमा ५१ जनाको हत्या गरेको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।



इरानसँगको १२ दिने युद्धले विराम लिएपछि इजरायलको गाजासँगको लडाइँ पनि रोकिने सम्भावना बढेको हो । इजरायल–गाजाबीचको २० महिनाभन्दा लामो लडाइँका कारण गाजामा खाद्यान्न, आवास र पिउने पानीको अभाव हुँदा २० लाखभन्दा बढी जनसंख्या गम्भीर मानवीय अवस्थाबाट जुधिरहेका छन् । हमलामा मारिनेहरूमध्ये फोटो पत्रकार इस्माइल अबु हाताब पनि रहेको हमास सरकारको मिडिया कार्यालयले जनाएको छ ।

नागरिक रक्षा प्रवक्ता महमुद बासलले मध्य र दक्षिणमा ११ वटा सहायता केन्द्रहरूसहित गाजाभरि इजरायली आक्रमणमा २७ जनाको मृत्यु भएको बताए । मे महिनाको अन्त्यमा इजरायलले सहायता दिन थालेपछि हालैका साताहरूमा वितरण केन्द्रहरू नजिकै प्यालेस्टिनीहरूको बारम्बार हत्या भएको प्रत्यक्षदर्शी र स्थानीय अधिकारीले रिपोर्ट गरेका छन् । दक्षिणी सहर खान युनिसमा सहायता खोज्नेहरूले रफाहमा इजरायली सेनाले गोली हानेको बताएपछि मृतक र घाइतेहरूलाई ‘ओपन–टप ट्रेलर’मा अस्पताल लगिएको थियो ।

नासेर अस्पतालमा एएफपीको भिडियो फुटेजमा घाइतेहरूलाई रगत लागेको भुइँमा उपचार भइरहेको देखाइएको छ । नागरिक सुरक्षा रिपोर्टका बारेमा इजरायली सेनाले भने तत्काल कुनै टिप्पणी गरेको छैन ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जुलाई ७ मा ह्वाइट हाउसको भ्रमण गर्न लागेको एक अमेरिकी अधिकारीले नाम नछाप्ने सर्तमा बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इजरायललाई ‘गाजामा पनि सम्झौता गर्न’ आग्रह गरिरहेका बेला प्रधानमन्त्री नेतान्याहुको अमेरिका भ्रमणलाई चासोका साथ हेरिएको छ । त्यसैगरी इजरायली रणनीतिक मामिलामन्त्री रोन डर्मर पनि यसै साता अमेरिकी अधिकारीहरूसँग वार्ताका लागि वासिङ्टन जाँदै छन् । ह्वाइट हाउसको आग्रहपछि गाजासँग युद्धविराम गर्ने सम्भावना बढिरहे पनि इजरायलले प्यालेस्टिनी क्षेत्रमा आफ्नो आक्रमणलाई भने जारी राखिरहेको छ । जबकि गत शुक्रबार ट्रम्पले गाजामा ‘अर्को साताभित्र’ नयाँ युद्धविरामको आशा गरिरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम