मुख्य समाचार
इजरायली सेनाले ५१ जनाको ज्यान लिएको गाजा उद्धारकर्ताको दाबी
इजरायली सेनाले ५१ जनाको ज्यान लिएको गाजा उद्धारकर्ताको दाबी

— युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा युद्धविरामका लागि नयाँ पहल भइरहँदा इजरायली सेनाले सोमबार समुद्री किनारको विश्राम क्षेत्रमा २४ जनासहित कम्तीमा ५१ जनाको हत्या गरेको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।



इरानसँगको १२ दिने युद्धले विराम लिएपछि इजरायलको गाजासँगको लडाइँ पनि रोकिने सम्भावना बढेको हो । इजरायल–गाजाबीचको २० महिनाभन्दा लामो लडाइँका कारण गाजामा खाद्यान्न, आवास र पिउने पानीको अभाव हुँदा २० लाखभन्दा बढी जनसंख्या गम्भीर मानवीय अवस्थाबाट जुधिरहेका छन् । हमलामा मारिनेहरूमध्ये फोटो पत्रकार इस्माइल अबु हाताब पनि रहेको हमास सरकारको मिडिया कार्यालयले जनाएको छ ।

नागरिक रक्षा प्रवक्ता महमुद बासलले मध्य र दक्षिणमा ११ वटा सहायता केन्द्रहरूसहित गाजाभरि इजरायली आक्रमणमा २७ जनाको मृत्यु भएको बताए । मे महिनाको अन्त्यमा इजरायलले सहायता दिन थालेपछि हालैका साताहरूमा वितरण केन्द्रहरू नजिकै प्यालेस्टिनीहरूको बारम्बार हत्या भएको प्रत्यक्षदर्शी र स्थानीय अधिकारीले रिपोर्ट गरेका छन् । दक्षिणी सहर खान युनिसमा सहायता खोज्नेहरूले रफाहमा इजरायली सेनाले गोली हानेको बताएपछि मृतक र घाइतेहरूलाई ‘ओपन–टप ट्रेलर’मा अस्पताल लगिएको थियो ।

नासेर अस्पतालमा एएफपीको भिडियो फुटेजमा घाइतेहरूलाई रगत लागेको भुइँमा उपचार भइरहेको देखाइएको छ । नागरिक सुरक्षा रिपोर्टका बारेमा इजरायली सेनाले भने तत्काल कुनै टिप्पणी गरेको छैन ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जुलाई ७ मा ह्वाइट हाउसको भ्रमण गर्न लागेको एक अमेरिकी अधिकारीले नाम नछाप्ने सर्तमा बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इजरायललाई ‘गाजामा पनि सम्झौता गर्न’ आग्रह गरिरहेका बेला प्रधानमन्त्री नेतान्याहुको अमेरिका भ्रमणलाई चासोका साथ हेरिएको छ । त्यसैगरी इजरायली रणनीतिक मामिलामन्त्री रोन डर्मर पनि यसै साता अमेरिकी अधिकारीहरूसँग वार्ताका लागि वासिङ्टन जाँदै छन् । ह्वाइट हाउसको आग्रहपछि गाजासँग युद्धविराम गर्ने सम्भावना बढिरहे पनि इजरायलले प्यालेस्टिनी क्षेत्रमा आफ्नो आक्रमणलाई भने जारी राखिरहेको छ । जबकि गत शुक्रबार ट्रम्पले गाजामा ‘अर्को साताभित्र’ नयाँ युद्धविरामको आशा गरिरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...