मुख्य समाचार
माथिल्लो मनाङको मुख्य सडक चामे–खाङसार र बेंसीसहर–चामे सडकखण्डमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक
माथिल्लो मनाङको मुख्य सडक चामे–खाङसार र बेंसीसहर–चामे सडकखण्डमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक

— जिल्ला प्रशासन कार्यालय मनाङले माथिल्लो मनाङको मुख्य सडक चामे–खाङसार र बेंसीसहर–चामे सडकखण्डमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।



वर्षाका कारण हुन सक्ने बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राखी रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार केही दिनअघि मनाङ र लमजुङ जिल्ला सुरक्षा समितिबीच अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठकबाट गरिएको निर्णयअनुसार असार २० गतेदेखि राति सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । रातिदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको उनले जानकारी दिए।

वर्षातका कारण विपद्‌को अवस्था सिर्जना हुन सक्ने भएकाले यात्रु तथा सवारीमा क्षति हुन नदिन सुरक्षाका लागि अर्को निर्णय नभएसम्म बेंसीसहर–चामे–खाङसार (माथिल्लो मनाङ) सडकखण्डमा रातिको समयमा सार्वजनिक, निजी तथा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालका अनुसार मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेदेखि मनाङ सदरमुकाम चामेसम्म साँझ साढे ६ बजेपछि सवारी छुट्न रोक लगाइएको छ। चामे नजिकैको कोतोबाट अपराह्न साढे ४ बजेपछि बेंसीसहरका लागि सवारी छुट्न नपाइने व्यवस्था गरिएको छ । ती सवारी साधन नासों गाउँपालिका–१ स्थित तालडाँडा प्रहरी चौकीबाट बेलुकी साढे ६ बजेभन्दा अघिसम्म छुटिसक्नुपर्नेछ ।

त्यस्तै, लमजुङबाट मनाङतर्फ जाने सवारी साधन मर्स्याङ्दी गाउँपालिका–४, जगतबाट तालडाँडा हुँदै मनाङ प्रवेश बेलुका ७ बजेभित्र गर्नुपर्ने व्यवस्था गरिएको छ । बिहान ६ बजेपछि भने सवारी सञ्चालन खुला गरिएको प्रशासनले जनाएको छ ।

सुरक्षा निकाय, एम्बुलेन्सजस्ता अत्यावश्यक सवारी साधनको हकमा तत्कालीन परिस्थिति विश्लेषण गरी जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा औचित्यको आधारमा सञ्चालनको व्यवस्था मिलाइने प्रशासनले जनाएको छ ।




हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडकखण्डमा वर्षायाममा हरेक वर्ष बाढी र पहिरोका घटना हुने गरेकाले जोखिम विश्लेषणपछि अवस्था सामान्य भएसँगै सवारी सञ्चालनमा आवश्यक व्यवस्था मिलाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा आफ्ना मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले ऊर्जा क्षेत्र मुलुक निर्माणको मेरुदण्ड रहेको बताए। उनले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट ...
: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै पौडेलले बजेट तजबिज ढंगले नभई प्रणाली अन्तर्गत निर्माण भएको बताए। अर्थमन्त्री पौडेलले बजेट कर्मकाण्डीका रूपमा नभई तथ्यपरक रूपमा आएको र संसद्ले पारित गरेपछि कार्यान्वयनमा जाने बताए। उनले ऋणको दायरा ...
: एमसीसी परियोजनाले नेपालमा निरन्तरता पाउने भएको छ। एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि अमेरिकी सरकारले अनुमति दिने निर्णय गरेसँगै एमसीसी परियोजनाले निरन्तरता पाउने भएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खाएकै दिन एमसीसीका सहयोग कार्यक्रम ९० दिनका लागि रोक्ने निर्णय गरेका थिए। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले बुधबार एक विज्ञप्ति ...
— सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएको छ। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने, १ सय वटा झोलुङ्गे पुल मर्मत गर्ने, ४०वटा नयाँ सडक पुल निर्माण गर्ने र ३०वटा सडक पुल मर्मत गर्ने योजना सार्वजनिक गरेको ...
: प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार ढाल्ने पक्षमा आफूहरू नभएको बताएको छ। बुधबार पत्रकार सम्मेलन आयोजना गरेर माओवादीले केन्द्रले कांग्रेस-एमाले नेतृत्वको सरकारले निरन्तरता पाओस् भनेर चाहेको स्पष्ट पारेको हो। तर, सत्तापक्षका अन्तरविरोधकै कारण सरकार ढल्ने दाबी पनि माओवादीले गरेको छ। 'हामी यो सरकारलाई ढाल्न खोजेका छैनौं। यो सरकारले निरन्तरता पा‌‌ओस् नै चाहन्छौं। तर, सत्ता ...