मुख्य समाचार
गाजामा ६० दिनको युद्धविरामका लागि इजरायल सहमत
गाजामा ६० दिनको युद्धविरामका लागि इजरायल सहमत

— अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा ६० दिनको युद्धविरामलाई अन्तिम रुप दिनका लागि इजरायलले आवश्यक सर्तमा सहमति दिएको बताएका छन् ।



ट्रम्पले ट्रुथ सोसियलमा एक पोस्टमा लेखेका छन्, ‘हामी युद्ध अन्त्यका लागि सबै पक्षसँग मिलेर काम गर्नेछौं ।’ यद्यपि उनले सर्तबारे कुनै जानकारी भने दिएका छैनन् ।

उनले लेखेका छन्, ‘कतार र मिश्रले शान्ति स्थापनाका लागि धेरै मेहनत गरेका छन् । र अन्तिम प्रस्ताव पेस गर्नेछन् । मलाई विश्वास छ हमास यो सम्झौतालाई स्वीकार गर्नेछ । किनकी यसभन्दा राम्रो अर्को कुनै स्थिति हुनेछैन । बरु अर्को विकल्प खराब हुनेछ ।’

सात अक्टुबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा करिब १२ सय जना मारिएका थिए । जसमा १० जना नेपाली विद्यार्थी पनि थिए । नेपालका विपिन जोशीको अवस्था अझै अज्ञात छ । हमासको उक्त आक्रमणपछि इजरायलले गाजामा हमासविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म गाजामा ५६ हजार ६४७ जनाको मृत्यु भएको छ । हमासले ट्रम्पले भनेका सर्तहरु स्वीकार गर्छ या गर्दैन भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

ट्रम्पको यो घोषणा आगामी साता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग हुन गइरहेको बैठकअघि आएको हो । जसलाई लिएर ट्रम्पले आफू निकै दृढ रहेको बताएका छन् ।

मंगलबार उनले नेतान्याहु पनि शत्रुता समाप्त गर्न चाहिरहेको विश्वास व्यक्त गरेका थिए । ट्रम्पले भने, ‘मलाई लाग्छ, हामी आगामी सातासम्म सम्झौता गर्नेछौं ।’




गत साता हमासका एक वरिष्ठ अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीसँग कुरा गर्दै मध्यस्थकर्ताले गाजामा नयाँ युद्धविराम र बन्धकको रिहाईका लागि प्रयास गरिरहेको बताएका थिए । तर इजरायलसँग वार्ता भने अहिले हुन सकेको छैन ।

इजरायलले हमासलाई पूर्ण रुपमा अन्त्य गरेपछि मात्र कारबाही रोकिने बताएको छ । हमास लामो समयदेखि स्थायी युद्धविराम र गाजाबाट इजरायली सेनाको पूरै तरिकाले फिर्ता हुनुपर्ने माग राख्दै आएको छ । करिब ५० जना इजरायली नागरिक अझै हमासको कब्जामा रहेका छन् । जसमध्ये २० जना जिवित हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...