मुख्य समाचार
कुलिङ पिरियडमा छलछाम राज्यविरुद्धको कसूर : ज्ञानेन्द्र शाही
कुलिङ पिरियडमा छलछाम राज्यविरुद्धको कसूर : ज्ञानेन्द्र शाही

: निजामति विधेयकमा राखिएको कुलिङ 'पिरियड'मा अनधिकृत रुपमा परिवर्तन गरिनु सामान्य विषय नभएको भन्दै राज्य व्यवस्था समितिका सांसदहरूले आपत्ती जनाएका छन्।



मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि समिति सदस्य एवं राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले समितिले पारित गरेको विषय अनधिकृतरुपमा परिवर्तन हुनु राज्यविरुद्धको कसूर भएको बताए।



समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई लक्षित गर्दै राप्रपा सांसद शाहीले नैतिक हिसावले दुवैजनाले राजीनामा दिनुपर्नेमा जोड दिए।



'नैतिकता छ भने राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्छ। पदमा बसेर अनुसन्धान हुँदैन। यो राज्यविरुद्धको कसूर हो। जघन्य अपराध हो। किनभने राज्यको ऐन,नियम, कानुन बनाउने विषयमा समितिले पारित गरेको अर्कै छ। विधेयक पास हुन्छ अर्कै। यो अपराध हो, 'गलत गर्नेमाथि कडा कारवाही हुनुपर्छ।'

राज्य व्यवस्था समितिबाट निजामति कर्मचारीहरू अवकासमा गएपछि वा राजीनामा दिएपछि अर्को स्थानमा नियुक्ति खान दुई वर्षे कुलिङ पिरियडको प्रावधान राखेको थियो। सोही व्यवस्थाअनुसार असार १५ गते प्रतिनिधिसभा बैठकमा उक्त विधेयक पारित भएको थियो। तर,त्यसलाई खण्डित गर्ने अर्को दफासमेत समावेश गरेको भेटिएपछि विवाद सुरू भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु
केपी शर्मा ओलीले बैठकमा पार्टीको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते गर्ने प्रस्ताव
एमाले बैठकमा ५० जनाले राखे धारणा, दिए यस्ता सुझाव
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, दिउँसो केन्द्रीय समितिको बैठक बस्दै
— कास्कीको मादी गाउँपालिका–११ बरालडाँडाका ७० वर्षीय चित्रबहादुर गुरुङ सुगर–प्रेसरका दीर्घरोगी हुन् । एक्कासि स्वास्थ्य बिग्रेपछि उनी ३ दिनदेखि पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिए । उनलाई उपचारका लागि मंगलबार पोखराकै अर्को अस्पताल स्थानान्तरण गरिएको छ । जीएमसीका नर्स आन्दोलित भएपछि उनलाई अर्को अस्पताल लगिएको हो । अस्पतालबाट ...