मुख्य समाचार
विपद्जन्य क्षति हुन नदिन र विपद्पछि नागरिक तथा सम्पत्तिको सुरक्षा गर्न सरकारले तयारी अवस्थामा रहेको बताए
विपद्जन्य क्षति हुन नदिन र विपद्पछि नागरिक तथा सम्पत्तिको सुरक्षा गर्न सरकारले तयारी अवस्थामा रहेको बताए

— गृहमन्त्री रमेश लेखकले विपद्जन्य क्षति हुन नदिन र विपद्पछि नागरिक तथा सम्पत्तिको सुरक्षा गर्न सरकारले तयारी अवस्थामा रहेको बताएका छन्।



मंगलबार सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक सङ्घ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौता पश्चात् गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले नेपालमा विपद्को जोखिम उच्च रहेको र हाल मनसुनको प्रारम्भिक चरणमा रहेको उल्लेख गरे। मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति हुने गरेको भन्दै गृहमन्त्री लेखकले विगतका अनुभवलाई आधार मानेर नागरिक र सम्पत्तिको सुरक्षाका लागि पूर्वतयारी आवश्यक रहेको धारणा व्यक्त गरे।

गृहमन्त्री लेखकले भने, 'हामी कहाँ विपद्को जोखिम उच्च रहन्छ। अहिले हामी मनसुनको प्रारम्भिक चरणमा छौँ। मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको छ। हाम्रो विगतका अनुभवले देखाएको छ— यस्तो अवस्थाबाट नागरिक र सम्पत्तिको सुरक्षा गर्न हामी तयारी अवस्थामा बस्नुपर्छ। आज जुन सम्झौता (एमओयू) गरिएको छ, यो अत्यन्तै महत्त्वपूर्ण काम हो। काठमाडौँ उपत्यकाभित्र जुनसुकै ठाउँमा जोखिम उत्पन्न भएमा वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निःशुल्क उद्धार गर्ने कुरा भएको छ। तपाईँहरूले ठूलो सार्वजनिक दायित्व निर्वाह गर्नुभएको छ।'

सरकार र वायुसेवा सञ्चालक संघबीच काठमाडौँ उपत्यकामा विपद्जन्य जोखिम उत्पन्न भए निःशुल्क उद्धार सेवा प्रदान गर्ने सम्झौता भएको हो। उपत्यका बाहिर भने आवश्यक परेमा अपरेशनल कस्ट (सञ्चालन खर्च) लिएर उद्धार सेवा दिने समझदारी भएको छ।

खोज, उद्धार तथा उद्धारपश्चात् व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायतका सुरक्षा निकायलाई गृह मन्त्रालयमार्फत परिचालन गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेल सरकारलाई धम्की दिने सचिवहरुको काम भएको आरोप लगाएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले लामो छलफलपछि ४ जना मन्त्री (रक्षा, गृह, संघीय मामिला र शिक्षा) बसेर दुई वर्षको कुलिङ पिरियडमा सहमति गरिएकोमा एक थरी सचिवहरु प्रधानमन्त्रीलाई ...
: निजामती विधेयक सांसदले पारित गरेको मस्यौदाभन्दा फरकरुपमा प्रतिनिधिसभाबाट पारित भएपछि सांसदहरु सभामुखसँग छलफलमा पुगेका छन्। अवकाशप्राप्त कर्मचारीलाई पुन: नियुक्ति रोक्न राखिएको दुईवर्षे ‘कुलिङ पिरियड’को व्यवस्था राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित भएपनि प्रतिनिधि सभामा सभापति रामहरि खतिवडाले पेश गरेको विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’को प्रावधान फरक आएपछि सांसदहरु आक्रोशित बनेका हुन्। मंगलबार सभामुखसँग छलफल गरेपश्चात एमालेका सांसद ...
— कांग्रेस सांसद नारायणदत्त मिश्रले निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेर गर्नेमाथी कारबाही हुनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले लिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरका सम्बन्धमा आवश्यक छानविन गर्नुपर्ने बताएका हुन् । उनले भने, 'निजामति विधेयक प्रतिनिधि सभाबाट त पास भयो तर कुलिङ पिरियडका बारेमा भनिएको र लेखिएको कुरामा फरक छ ...
: नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले कुलिङ पिरियडको विषयमा छानबिन नभएसम्म सहभागी नहुने जनाएपछि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। आज बिहान प्रहरी विधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भएको हो। आज बिहान सभामुख देवराज घिमिरेसमक्ष समितिका सदस्यहरूले ध्यानाकर्षण गराएपश्चात पत्रकारसँग कुरा गर्दै एमालेका सांसद ...
— निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरबारे सभामुख देवराज घिमिरेले यसमा के गल्ती भएको हो र त्यो नियतवश हो कि प्रक्रियागत त्रुटि भनेर पत्ता लगाउनुपर्ने बताएका छन् । त्यसका लागि उनले समितिमा भएका बहस, छलफल, लिखत र रेकर्डहरूको अध्ययन आवश्यक पर्ने बताएका छन् । मंगलबार पत्रकारसँगको कुराकानीमा उनले भने, 'यदि नियतवश गल्ती भएको पाइएमा ...