मुख्य समाचार
‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताए
‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताए

: नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्। योङ कम्युनिष्ट लिग,नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताए। उनले छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए।



'परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ। आज तपाईंहरूले संघीय निजामती विधेयकमा पनि हेर्नुभएको छ,त्यसमा षड्यन्त्र भएको छ,'उनले भने,'यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी,चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौं।'



संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लामो समय छलफल गरेर कर्मचारीलाई अवकाशको दुई वर्षसम्म कुलिङ पिरियड राख्ने व्यवस्थासहितको विधेयक प्रतिनिधि सभामा पेश गरेको थियो। पारित हुँदा ’बाहेक’ भन्ने शब्द राखिएको पाइएपछि चौतर्फी आलोचना सुरू भएको छ।



अध्यक्ष प्रचण्डले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औंल्याए। 'यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद गर्‍यौं। अहिले पनि त्यो प्रवृत्ति जारी छ,'उनले स्पष्ट पारे।

सो अवसरमा अध्यक्ष प्रचण्डले वाइसिएल नेपाललाई पार्टीको विचार,लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेल सरकारलाई धम्की दिने सचिवहरुको काम भएको आरोप लगाएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले लामो छलफलपछि ४ जना मन्त्री (रक्षा, गृह, संघीय मामिला र शिक्षा) बसेर दुई वर्षको कुलिङ पिरियडमा सहमति गरिएकोमा एक थरी सचिवहरु प्रधानमन्त्रीलाई ...
: निजामती विधेयक सांसदले पारित गरेको मस्यौदाभन्दा फरकरुपमा प्रतिनिधिसभाबाट पारित भएपछि सांसदहरु सभामुखसँग छलफलमा पुगेका छन्। अवकाशप्राप्त कर्मचारीलाई पुन: नियुक्ति रोक्न राखिएको दुईवर्षे ‘कुलिङ पिरियड’को व्यवस्था राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित भएपनि प्रतिनिधि सभामा सभापति रामहरि खतिवडाले पेश गरेको विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’को प्रावधान फरक आएपछि सांसदहरु आक्रोशित बनेका हुन्। मंगलबार सभामुखसँग छलफल गरेपश्चात एमालेका सांसद ...
— कांग्रेस सांसद नारायणदत्त मिश्रले निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेर गर्नेमाथी कारबाही हुनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले लिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरका सम्बन्धमा आवश्यक छानविन गर्नुपर्ने बताएका हुन् । उनले भने, 'निजामति विधेयक प्रतिनिधि सभाबाट त पास भयो तर कुलिङ पिरियडका बारेमा भनिएको र लेखिएको कुरामा फरक छ ...
: नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले कुलिङ पिरियडको विषयमा छानबिन नभएसम्म सहभागी नहुने जनाएपछि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। आज बिहान प्रहरी विधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भएको हो। आज बिहान सभामुख देवराज घिमिरेसमक्ष समितिका सदस्यहरूले ध्यानाकर्षण गराएपश्चात पत्रकारसँग कुरा गर्दै एमालेका सांसद ...
— निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरबारे सभामुख देवराज घिमिरेले यसमा के गल्ती भएको हो र त्यो नियतवश हो कि प्रक्रियागत त्रुटि भनेर पत्ता लगाउनुपर्ने बताएका छन् । त्यसका लागि उनले समितिमा भएका बहस, छलफल, लिखत र रेकर्डहरूको अध्ययन आवश्यक पर्ने बताएका छन् । मंगलबार पत्रकारसँगको कुराकानीमा उनले भने, 'यदि नियतवश गल्ती भएको पाइएमा ...