मुख्य समाचार
वैदेशिक अनुदान कटौती नीतिले प्रतिवर्ष २८ लाख बढीको ज्यान जोखिममा
वैदेशिक अनुदान कटौती नीतिले प्रतिवर्ष २८ लाख बढीको ज्यान जोखिममा

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्।



अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्।

न्यून र मध्यम आय भएका देशहरूका लागि यसको असर विश्वव्यापी महामारी वा ठूलो सशस्त्र द्वन्द्व जत्तिकै ठूलो हुने अनुमान रहेको लान्सेट रिपोर्टका सह–लेखक डेभिड रसेलाले बताएका छन्।

'यो बजेट कटौतीका कारण स्वास्थ्य क्षेत्रमा पछिल्ला दुई दशकमा भएको प्रगति अचानक रोकिन सक्छ र समस्या बल्झिन पनि सक्छ,' रसेलाले एक विज्ञप्तिमा उल्लेख गरेका छन्।

१३३ राष्ट्रको तथ्याङ्क विश्लेषण गर्दै अनुसन्धानकर्ताहरूको टोलीले सन् २००१ देखि २०२१ सम्मको अवधिमा यूएसएडको सहयोगले विकासशील देशहरूमा झन्डै ९ करोड १० लाख मानिसलाई मृत्यु हुनबाट जोगाएको अनुमान गरेका थिए।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत मार्चमा राष्ट्रपति ट्रम्पको प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड) का ८० प्रतिशतभन्दा बढी कार्यक्रमहरू रद्द गरेको जानकारी दिएका थिए।




अमेरिका हालसम्मको सबैभन्दा ठूलो मानवीय सहायता दिने राष्ट्र हो। अमेरिकाले ६० भन्दा बढी देशहरूमा सहायता कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो। रुबियोका अनुसार अझै करिब १ हजार कार्यक्रमहरू सञ्चालनमै छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...