मुख्य समाचार
श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति तीन वर्षपछि पक्राउ
श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति तीन वर्षपछि पक्राउ

— श्रीमतीको हत्या गरी फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएका प्रहरीले तीन वर्षपछि पक्राउ गरेका छन् ।



प्रहरीले फरार रहेकालाई शुक्रबार पक्राउ गरे पनि जिल्ला प्रहरीले सोमबार मात्रै सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी दिपककुमार रायले २०७८ साल माघ २६ गते बिहान रौतहटको ईशनाथ नगरपालिका-४ मठिया टोलस्थित गहुँको खेतमा मृत फेला परेकी २० वर्षीया चाँदनी खातुनको हत्या अभियोगमा श्रीमान् फैयाद मिया मन्सुरीलाई पक्राउ गरेको जानकारी दिए ।

जिल्ला प्रहरीका अनुसार चाँदनीको शव घाँटीमा सलले बेरेर र मुखमा सल कोचेर हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

घटनापछि फरार मन्सुरीलाई यही असार १३ गते गाउँमै पक्राउ गरी जिल्ला अदालत गौरबाट म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । हत्या गरी फरार मन्सुर गाउँमा लुक्दै आएका थिए । प्रहरीले पटक/पटक पक्रने प्रयास गरेपनि उनी भाग्न सफल हुँदै आएका थिए ।

Hope IVF

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेल सरकारलाई धम्की दिने सचिवहरुको काम भएको आरोप लगाएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले लामो छलफलपछि ४ जना मन्त्री (रक्षा, गृह, संघीय मामिला र शिक्षा) बसेर दुई वर्षको कुलिङ पिरियडमा सहमति गरिएकोमा एक थरी सचिवहरु प्रधानमन्त्रीलाई ...
: निजामती विधेयक सांसदले पारित गरेको मस्यौदाभन्दा फरकरुपमा प्रतिनिधिसभाबाट पारित भएपछि सांसदहरु सभामुखसँग छलफलमा पुगेका छन्। अवकाशप्राप्त कर्मचारीलाई पुन: नियुक्ति रोक्न राखिएको दुईवर्षे ‘कुलिङ पिरियड’को व्यवस्था राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित भएपनि प्रतिनिधि सभामा सभापति रामहरि खतिवडाले पेश गरेको विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’को प्रावधान फरक आएपछि सांसदहरु आक्रोशित बनेका हुन्। मंगलबार सभामुखसँग छलफल गरेपश्चात एमालेका सांसद ...
— कांग्रेस सांसद नारायणदत्त मिश्रले निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेर गर्नेमाथी कारबाही हुनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले लिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरका सम्बन्धमा आवश्यक छानविन गर्नुपर्ने बताएका हुन् । उनले भने, 'निजामति विधेयक प्रतिनिधि सभाबाट त पास भयो तर कुलिङ पिरियडका बारेमा भनिएको र लेखिएको कुरामा फरक छ ...
: नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले कुलिङ पिरियडको विषयमा छानबिन नभएसम्म सहभागी नहुने जनाएपछि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। आज बिहान प्रहरी विधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भएको हो। आज बिहान सभामुख देवराज घिमिरेसमक्ष समितिका सदस्यहरूले ध्यानाकर्षण गराएपश्चात पत्रकारसँग कुरा गर्दै एमालेका सांसद ...
— निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरबारे सभामुख देवराज घिमिरेले यसमा के गल्ती भएको हो र त्यो नियतवश हो कि प्रक्रियागत त्रुटि भनेर पत्ता लगाउनुपर्ने बताएका छन् । त्यसका लागि उनले समितिमा भएका बहस, छलफल, लिखत र रेकर्डहरूको अध्ययन आवश्यक पर्ने बताएका छन् । मंगलबार पत्रकारसँगको कुराकानीमा उनले भने, 'यदि नियतवश गल्ती भएको पाइएमा ...