मुख्य समाचार
संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? पार्टी सभापतिले उत्तर दिनुपर्छ
संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? पार्टी सभापतिले उत्तर दिनुपर्छ

— कांग्रेस नेता शेखर कोइरालाले संविधान संशोधनको काम कहाँ पुगेको छ भन्ने प्रश्नको जवाफ पार्टी सभापति शेरबहादुर देउवाले दिनुपर्ने बताएका छन् । उनले सोधेका छन्, 'सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ?'



आज बसेको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले कांग्रेस-एमाले गठबन्धनको सरकार बन्नुपर्छ भनेर आफूले भने पनि सत्ताको नेतृत्व किन एमालेलाई दिइएको हो भनेर पनि सोधेका छन् ।

केन्द्रीय समिति बैठकमा कोइरालाले यसका अलावा अन्य केही पेचिला प्रश्न उठाएका छन् । उनले म‌ंसिरमा महाधिवेशन हुनुपर्ने र नहुने हो भने सभापति र पदाधिकारीले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् ।

कोइरालाले पार्टीको अनुशासन समीतिसँग पनि केही सवाल राखेका छन् । उनले भनेका छन्, 'अनुशासन समितिको बैठकमा पार्टी सभापतिज्युले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएको हो, शेखरलाई किन कारबाही नगर्ने भनेर भन्नुभएछ । के आधारमा त्यो कुरा गरियो ? सभापतिज्यु यसको जवाफ चाहियो ।' उनले अनुशासन समिति कमजोर भएको बताउँदै कारबाहीका लागि भएका सिफारिसमा चिठीसम्म काट्ने काम पनि समितिले गर्न नसकेको आरोप लगाएका छन् ।

कोइरालाले पार्टीले विगतमा गरेका निर्णयमा पनि प्रश्न अघि सारेका छन । उनले भनेका छन्, 'विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ?'

उनले सर्वोच्च अदालतले दोषी किटान गरिसकेको व्यक्ति सर्लाहीमा जिल्ला सभापति पदमा बस्न मिल्ने हो कि होइन भनेर पनि सोधेका छन् । उनले भनेका छन्, 'के कारणले उहाँलाई हटाइएको छैन ? यो घटनाले कांग्रेसलाई कति क्षति पुगेको छ भन्ने कुरा सभापतिज्यु र पदाधिकारीले बुझ्‌नुभएको छ ?'

कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह एक जल उपभोक्ता समितिको अध्यक्ष रहेका बखत आर्थिक अनियमितता गरेको आरोपमा मुछिएका थिए । गत पुसमा कांग्रेस सर्लाहीका नेता तथा कार्यकर्ताले सानेपास्थित कांग्रेसको पार्टी कार्यालयमा सिंहलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्नुपर्ने माग गर्दै धर्ना समेत दिएका थिए । उनीहरुले आर्थिक अनियमितताको कसुरमा सर्वोच्च अदालतबाट कसुर प्रमाणितसमेत भइसकेको भन्दै बर्खास्तीको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेल सरकारलाई धम्की दिने सचिवहरुको काम भएको आरोप लगाएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले लामो छलफलपछि ४ जना मन्त्री (रक्षा, गृह, संघीय मामिला र शिक्षा) बसेर दुई वर्षको कुलिङ पिरियडमा सहमति गरिएकोमा एक थरी सचिवहरु प्रधानमन्त्रीलाई ...
: निजामती विधेयक सांसदले पारित गरेको मस्यौदाभन्दा फरकरुपमा प्रतिनिधिसभाबाट पारित भएपछि सांसदहरु सभामुखसँग छलफलमा पुगेका छन्। अवकाशप्राप्त कर्मचारीलाई पुन: नियुक्ति रोक्न राखिएको दुईवर्षे ‘कुलिङ पिरियड’को व्यवस्था राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित भएपनि प्रतिनिधि सभामा सभापति रामहरि खतिवडाले पेश गरेको विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’को प्रावधान फरक आएपछि सांसदहरु आक्रोशित बनेका हुन्। मंगलबार सभामुखसँग छलफल गरेपश्चात एमालेका सांसद ...
— कांग्रेस सांसद नारायणदत्त मिश्रले निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेर गर्नेमाथी कारबाही हुनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले लिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरका सम्बन्धमा आवश्यक छानविन गर्नुपर्ने बताएका हुन् । उनले भने, 'निजामति विधेयक प्रतिनिधि सभाबाट त पास भयो तर कुलिङ पिरियडका बारेमा भनिएको र लेखिएको कुरामा फरक छ ...
: नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले कुलिङ पिरियडको विषयमा छानबिन नभएसम्म सहभागी नहुने जनाएपछि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। आज बिहान प्रहरी विधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भएको हो। आज बिहान सभामुख देवराज घिमिरेसमक्ष समितिका सदस्यहरूले ध्यानाकर्षण गराएपश्चात पत्रकारसँग कुरा गर्दै एमालेका सांसद ...
— निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरबारे सभामुख देवराज घिमिरेले यसमा के गल्ती भएको हो र त्यो नियतवश हो कि प्रक्रियागत त्रुटि भनेर पत्ता लगाउनुपर्ने बताएका छन् । त्यसका लागि उनले समितिमा भएका बहस, छलफल, लिखत र रेकर्डहरूको अध्ययन आवश्यक पर्ने बताएका छन् । मंगलबार पत्रकारसँगको कुराकानीमा उनले भने, 'यदि नियतवश गल्ती भएको पाइएमा ...