मुख्य समाचार
खतिवडामा राष्ट्रियसभाबाट कुलिङ पिरियडमा भएको त्रुटि सच्याउन आग्रह गरेका
खतिवडामा राष्ट्रियसभाबाट कुलिङ पिरियडमा भएको त्रुटि सच्याउन आग्रह गरेका

: राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडामा राष्ट्रियसभाबाट कुलिङ पिरियडमा भएको त्रुटि सच्याउन आग्रह गरेका छन्। मंगलबार विज्ञप्ति जारी गरेर उनले कुलिङ अफ पिरियडमा भएको अक्षम्य घटना राष्ट्रियसभाबाट सच्याउनुपर्ने आग्रह गरेका हुन्।



उनले यस विषयमा छानबिन गर्न सभामुख देवराज घिमिरेलाई पनि अनुरोध गरेका छन्। 'राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसदमा पेस गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना हो। यो सामान्य अवस्था होइन। यस सम्बन्धमा छानबिनका लागि सम्माननीय सभामुखसँग अनुरोध गर्दछु। त्यसैगरी कुलिङ अफ पिरियड राख्ने गरी सच्याउन सम्मानित राष्ट्रियसभालाई अनुरोध गर्दछु,' उनले भनेका छन्।

उनले समितिबाट उक्त विधेयक पारित हुँदा दफामा भएको व्यवस्था पनि उल्लेख गरेका छन्। 'निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन,' समितिबाट पास गर्दा उल्लेख भएको व्यवस्था उनले उल्लेख गरेका छन्।

कुलिङ पिरियडमा हुँदै नभएको व्यवस्था लेखिएपछि दलहरूले सभामुख देवराज घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका थिए। घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र संलग्नले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग पनि सांसदहरूले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेल सरकारलाई धम्की दिने सचिवहरुको काम भएको आरोप लगाएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले लामो छलफलपछि ४ जना मन्त्री (रक्षा, गृह, संघीय मामिला र शिक्षा) बसेर दुई वर्षको कुलिङ पिरियडमा सहमति गरिएकोमा एक थरी सचिवहरु प्रधानमन्त्रीलाई ...
: निजामती विधेयक सांसदले पारित गरेको मस्यौदाभन्दा फरकरुपमा प्रतिनिधिसभाबाट पारित भएपछि सांसदहरु सभामुखसँग छलफलमा पुगेका छन्। अवकाशप्राप्त कर्मचारीलाई पुन: नियुक्ति रोक्न राखिएको दुईवर्षे ‘कुलिङ पिरियड’को व्यवस्था राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित भएपनि प्रतिनिधि सभामा सभापति रामहरि खतिवडाले पेश गरेको विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’को प्रावधान फरक आएपछि सांसदहरु आक्रोशित बनेका हुन्। मंगलबार सभामुखसँग छलफल गरेपश्चात एमालेका सांसद ...
— कांग्रेस सांसद नारायणदत्त मिश्रले निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेर गर्नेमाथी कारबाही हुनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले लिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरका सम्बन्धमा आवश्यक छानविन गर्नुपर्ने बताएका हुन् । उनले भने, 'निजामति विधेयक प्रतिनिधि सभाबाट त पास भयो तर कुलिङ पिरियडका बारेमा भनिएको र लेखिएको कुरामा फरक छ ...
: नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले कुलिङ पिरियडको विषयमा छानबिन नभएसम्म सहभागी नहुने जनाएपछि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। आज बिहान प्रहरी विधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भएको हो। आज बिहान सभामुख देवराज घिमिरेसमक्ष समितिका सदस्यहरूले ध्यानाकर्षण गराएपश्चात पत्रकारसँग कुरा गर्दै एमालेका सांसद ...
— निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरबारे सभामुख देवराज घिमिरेले यसमा के गल्ती भएको हो र त्यो नियतवश हो कि प्रक्रियागत त्रुटि भनेर पत्ता लगाउनुपर्ने बताएका छन् । त्यसका लागि उनले समितिमा भएका बहस, छलफल, लिखत र रेकर्डहरूको अध्ययन आवश्यक पर्ने बताएका छन् । मंगलबार पत्रकारसँगको कुराकानीमा उनले भने, 'यदि नियतवश गल्ती भएको पाइएमा ...