मुख्य समाचार
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको विषयमा अर्को बैठकबाट निर्णय हुने
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको विषयमा अर्को बैठकबाट निर्णय हुने

: सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तीनजनाको संसदीय सुनुवाइ सकिएको छ। प्रस्तावित सबैको सुनुवाइ भएपनि समितिबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा भने सोमबार निर्णय हुन सकेन । समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित व्यक्तिमाथिको छलफल बाँकी रहेको र समिति सदस्यहरूको कार्यव्यस्ताका कारण अर्को बैठकबाट आवश्यक निर्णय लिइने जानकारी दिइन्।



गत जेठ ३० गतेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, न्यायाधीश श्रीकान्त पौडेल र अर्का न्यायाधीश शान्तिसिंह थापाको नाम तथा प्रधानमन्त्रीबाट न्याय परिषद् सदस्यमा महेशकुमार नेपालको नाम संसदीय सुनुवाइका लागि पठाइएको थियो।



बैठकमा समिति सदस्यहरूले प्रस्तावित न्यायाधीश थापालाई भावि कार्ययोजनाका बारेमा प्रश्न गरेका थिए । प्रश्नहरूको जवाफ दिँदै थापाले न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकालाई संविधानले नै सीमारेखा कोरिदिएकाले हस्तक्षेप गर्न नपाइने बताइन्। हस्तक्षेप गर्न नपाउने नाममा स्वेच्छाचारिता भए चेक एण्ड ब्यालेन्सको सिद्धान्तलाई प्रयोग गर्नुपर्ने उनले बताइन् । थापाले संविधान, ऐन कानुनको दायरामा रहेर शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा काम गर्न आफू सचेत रहेको धारणा राखेकी थिइन्।



त्यस्तै न्यायपरिषद् सदस्यमा सिफारिस महेश कुमार नेपालले आफूले गम्भीर भएर पदीय जिम्मेवारीलाई संविधानप्रति पूर्ण जिम्मेवार रही स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको सुदृढीकरणमा प्रयत्नशील रहने उनले बताए।

यसैगरी आइतबार संसदीय सुनुवाइ भएका प्रस्तावित न्यायाधीश पोखरेलले आफू कसैको सिफारिसमा नभइ योग्यताका आधारमा सिफारिस भएको बताएका थिए। सांसदहरूले सोधेको जवाफ दिँदै उनले कुनै व्यवसायीक घराना वा राजनीतिक दवाव र प्रभावमा आफू नपर्ने स्पष्ट पारेका थिए। पोखरेलले न्यायपालिका स्वतन्त्र र निष्पक्षमा आफू प्रतिवद्धत रहने बताएका थिए। समिति सदस्य महेश बर्तौलाले पोखरेलको पृष्टभूमि सक्रिय राजनीति रहेकाले यसबाट मुक्त हुने आधारका बारेमा सोधेका थिए। उनले व्यावसायिक घरानाको प्रभावमा परेर सिफारिस भएको हो की ? भन्दै प्रश्न गरेका थिए।

त्यस्तै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश श्रीकान्त पौडेलले न्यायपालिकालाई प्रभावकारी बनाउने, निष्पक्ष न्यायसम्पादन, निष्ठा र इमान्दारीताको आदर्शका साथ अघि बढ्ने बताएका थिए। कसैको दवाव, प्रभावमा आफू नपर्ने र संविधानका साथै नागरिकको अदालतबाट चाहेको सेवा प्रवाहमा ध्यान दिने उनले उल्लेख गरेका थिए। त्यस्तै पौडेलले इजलासको बहसको समय व्यवस्थापन, अनावश्यक पेशी रोक्ने कार्य बन्द गर्ने लगाएका कार्ययोजना समितिमा प्रस्तुत गरेका थिए।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्रै प्रस्तावित न्यायाधीशहरूलाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। रौतहटको ईशनाथ नगरपालिका–७ की २० वर्षीय चाँदनी खातुनको हत्या गरेको आरोपमा उनका श्रीमान् फैयाद मिया मन्सुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चाँदनीको हत्या गरी मन्सुरी तीन वर्षदेखि फरार रहेकोमा शुक्रबार पक्राउ गरिएको रौतहटका प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए। प्रहरीका अनुसार ...
: महिलाको अश्लील फोटो भिडियो बनाएर बेचेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ घर भई काठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने २९ वर्षीय रमेश थापा रहेका छन्। उनले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषहरूसँग रकम लिई भिडियो कलमार्फत अश्लील क्रियाकलापहरूमा सहभागी गराउने तथा महिलाको अश्लील सामाग्री बनाइ बिक्री वितरण ...
: मध्यअसार सकिँदा स्याङ्जामा करिब ३० प्रतिशत धान रोपाइँ सकिएको अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार धान खेती गरिने क्षेत्रफलको करिब ३० प्रतिशत रोपाइँ सकिएको हो। सबैभन्दा धेरै फेदिखोला गाउँपालिकामा ९० प्रतिशत र सबैभन्दा कम कालीगण्डकी गाउँपालिकामा ५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ। जिल्लाका उत्तरतर्फ छिटो रोपाइँ गर्ने र ...
: बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४७ वर्षीय खड्ग बहादुर कार्की रहेका छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत काठमाडौंको २०८० फागुन २२ गतेको फैसलाले १० दिन कैद सजाय र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ...
: पथलैया– वीरगन्ज व्यापारिक मार्गअन्तर्गत बाराको जीतपुरमा सोमबार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका- ३२ का २० वर्षीय महमद साहिल अंसारी रहेका छन् । वीरगन्जबाट सिमरातर्फ आउँदै गरेको ना ६ख २९९२ नम्बरको ट्यांकरले मधेश प्रदेश ०३–०२–०२४प ३९६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । ...