: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारबाट सुरू भएको छ । पार्टी कार्यालय सानेपामा सुरू बैठकमा विभिन्न १३ वटा एजेन्डामा छलफल भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा १०० दिने अभियानका प्रतिवेदनहरू,केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन,केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत हुने उनले बताए।
त्यस्तै अनुशासन समितिको प्रतिवेदन,नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा समेत छलफल हुने उनले बताए। प्रवक्ता महतले भ्रातृसंस्थाबारे निर्देशक समितिको धारणा आएपछि बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए।
त्यस्तै क्रियाशिल सदस्य नविकरणका विषयमा महामन्त्रीले बैठकमा जानकारी गराएका थिए । त्यस्तै संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारिताका बारेमा मन्त्रीहरूको प्रतिवेदन आएपछि सदस्यहरूले धारणा राख्ने प्रवक्ता महतले बताए। बैठक केहि दिन चल्ने उनले बताए।