मुख्य समाचार
युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८१ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण
युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८१ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण

: युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८१ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा पत्रकारहरूलाई सम्मान गरिएको हो।



राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक ९ जनालाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो।



सम्मानित हुनेमा खेलाडीमा मानमती विष्ट (कबड्डी), प्रेम बहादुर लिम्बु (तेक्वान्दो), वीर बहादुर महरा (तेक्वान्दो), अनुजा कुलुङ राई (कबड्डी), दिपा शाही (फुटबल), भरत सिंह महता (पारा तेक्वान्दो) रहेका छन्। प्रशिक्षकमा पारा तेक्वान्दोका कविराज नेगी लामा सम्मानित भए। खेल चिकित्सक तर्फ राजु डंगोल महर्जन र धनकुमार मैनालीले खेल निर्णायकको रुपमा सम्मान ग्रहण गरे।



त्यस्तै खेलकुद पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने पत्रकारमा नयाँ पत्रिकामा कार्यरत श्रीलोचन राजोपाध्याय लाई खेलकुद पत्रकारिता सम्मान प्रदान गरियो। खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार अन्तर्गत विभिन्न प्रदेशका ९ जना पत्रकारलाई सम्मान गरिएको हो।

सम्मानित पत्रकारहरूमा मुकुन्द घिमिरे (कोशी), शरद चन्द्र भट्टराई (मधेश), विक्रम कुमार बानियाँ (बागमती), दिनानाथ बराल (गण्डकी), स्वस्तिक श्रेष्ठ (लुम्बिनी), दिनेश कुमार बुढा (कर्णाली), दिनेश बहादुर विष्ट (सुदूरपश्चिम), नमिता दाहाल (समावेशी महिला) र रुपा गहतराज (समावेशी) रहेका छन्।

यो कार्यक्रम अघि युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति २०८२ पनि सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...