मुख्य समाचार
धमाधम समातिँदै चिरान गरेका सालका काठ
धमाधम समातिँदै चिरान गरेका सालका काठ

: बर्दियाको बढैयाताल गाउँपालिका—६ उच्चागाउँस्थित मैनापोखरबाट बाँसगढी आवागमन गर्ने भित्री सडक खण्डबाट केही दिनअघि चिरान गरेको साल जातको चौकोस काठहरू प्रहरीले नियन्त्रणमा लियो। भे १ त ६०८२ नम्बरको ट्याक्टरमा लोड गरी राखिएको अवस्थामा अवैध काठ रीतपूर्वक बरामद गरी आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय बाँसगढीमा बुझाइएको छ।



ट्याक्टरको ट्रलीमा लोड गरिएको १ सय २९.५७ क्युफिट साल जातको चिरान काठ र सोही प्रजातिको ५ क्विन्टल स्ट्रिप नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले बताए। उनले भने, ‘नियन्त्रणमा लिएको काठसहितको ट्रली ट्याक्टरको मूल्य अन्दाजी १३ लाख ६ सय ६५ रुपैयाँ छ। पछिल्लो समय बर्दियामा चिरानी अवस्थाको अवैध काठको कारोबार बढेको छ।



प्रहरीले जेठमा पनि चिरानी गरेको अवस्थामा साल जातको काठ नियन्त्रणमा लिएको थियो। गुलरिया नगरपालिका ३ मनकामना टोलस्थित राजेन्द्र गोडियाको गोठ नजिकैबाट बेवारिसे अवस्थामा अवैध काठ बरामद गरिएको डीएसपी डमरपालले जानकारी दिए। उनले थपे, ‘वन कार्यालयले टाँचा नलगाएको चिरान काठ हामीले फेला पार्‍यौं।’



नियन्त्रणमा लिएको ८१.१५ क्युफिट चिरान काठ आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय बर्दियामा बुझाएका छौं। काठको बजार मूल्य अन्दाजी ३ लाख ६५ हजार १ सय ७५ रुपैयाँ छ। रीतपूर्वक नियन्त्रणमा लिई वन कार्यालयमा बुझाइएको काठको अनुसन्धान भइरहेको उनले जानकारी दिए। डिभिजन वन कार्यालय बर्दियाले वन व्यवस्थापनअन्तर्गत पहिचान गरिएका रूखहरू काटिरहेको छ। जसका कारण पनि जिल्लामा आपूर्तिका काठहरू सर्वसुलभ रूपमै वितरण हुँदै आइरहेको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत विजयराज सुवेदीले बताए।

‘केही दिनअघि बाँसगढीमा समातिएको काठ सामुदायिक वनबाट उपभोक्ता पाएकाले अनुसन्धानपश्चात् छाडेका छौं’, उनले भने। जेठमा पक्राउ भएको काठ अनुसन्धानकै क्रममा वन कार्यालय परिसरमा रहेको उनले प्रस्ट्याए। ‘काठ कसको हो पत्ता लागेको छैन। मेरो काठ हो भनेर पनि कोही आएको छैन’, उनले थपे, ‘वनबाट प्रशस्त काठ आपूर्तिमार्फत नागरिकलाई वितरण गरे पनि यदाकदा अवैध काठ भेटिनु दुःखद् हो।’ राष्ट्रिय वन क्षेत्रबाट काठ नचोरिएको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ३६ वर्षीय सबिन महर्जन र काठमाडौं महनगरपालिका-७ बस्ने खोटाङ कोटेहाङ गाउँपालिका-८ घर भएका ४३ वर्षीय दिनेश थापा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन २६ गते पक्राउ अनुमति प्राप्त ...
— दुम्कीवासको विनयी खोलामा डाइभर्सन निर्माण गरेर मंगलबार दिउँसोबाट यातायात सञ्चालनमा ल्याइएको छ । खोलामा पानीको सतह घटेपछि त्यहाँ डाइभर्सन निर्माण गरेरे यातायात सञ्चालनमा ल्याइएको हो। तीन दिनअघि विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय दुम्कीवासका इन्स्पेक्टर राजन तिमिल्सिनाले जानकारी दिए। डाइभर्सन बगाएपछि वारपार हुन नसकेर दुम्कीवास र बर्दघाटमा रोकिएका सयौँ मालवाहक ट्रक र ...
: नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्। योङ कम्युनिष्ट लिग,नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताए। उनले छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए। 'परिवर्तनका उपलब्धिहरू ...
— संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र इस्टोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई मुलुकका बीचको आपसी सम्बन्ध र बहुपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।
— श्रीमतीको हत्या गरी फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएका प्रहरीले तीन वर्षपछि पक्राउ गरेका छन् । प्रहरीले फरार रहेकालाई शुक्रबार पक्राउ गरे पनि जिल्ला प्रहरीले सोमबार मात्रै सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी दिपककुमार रायले २०७८ साल माघ २६ गते बिहान रौतहटको ईशनाथ नगरपालिका-४ मठिया टोलस्थित गहुँको खेतमा मृत फेला ...