मुख्य समाचार
काठमाडौंको दरबारमार्गस्थित एक घरको चौथो तलाबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु
काठमाडौंको दरबारमार्गस्थित एक घरको चौथो तलाबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

: काठमाडौंको दरबारमार्गस्थित एक घरको चौथो तलाबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु भएको छ।



काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलभमेन्ट प्रालिले बनाउँदै गरेको निर्माणाधीन नौतले घरको चौथो तलाबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।



मृत्यु हुनेमा कैलालीका ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका २२ वर्षीय विशाल चौधरी रहेका छन्। आज साँझ ५ बजेतिर उनीहरू चौथो तलामा लिफ्टमा बसेर ग्रिज लगाउँदै गर्दा फलामको सिक्री चुँडिएर गम्भीर घाइते भएका थिए। तत्कालै उद्धार गरी वीर अस्पताल लगिएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री रमेश लेखकले विपद्जन्य क्षति हुन नदिन र विपद्पछि नागरिक तथा सम्पत्तिको सुरक्षा गर्न सरकारले तयारी अवस्थामा रहेको बताएका छन्। मंगलबार सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक सङ्घ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौता पश्चात् गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले नेपालमा विपद्को जोखिम उच्च रहेको ...
— नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्। योङ कम्युनिस्ट लिग, नेपाल (वाईसीएल) को केन्द्रीय पदाधिकारी बैठकलाई पेरिस डाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। 'परिवर्तनका ...
: बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ३६ वर्षीय सबिन महर्जन र काठमाडौं महनगरपालिका-७ बस्ने खोटाङ कोटेहाङ गाउँपालिका-८ घर भएका ४३ वर्षीय दिनेश थापा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन २६ गते पक्राउ अनुमति प्राप्त ...
— दुम्कीवासको विनयी खोलामा डाइभर्सन निर्माण गरेर मंगलबार दिउँसोबाट यातायात सञ्चालनमा ल्याइएको छ । खोलामा पानीको सतह घटेपछि त्यहाँ डाइभर्सन निर्माण गरेरे यातायात सञ्चालनमा ल्याइएको हो। तीन दिनअघि विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय दुम्कीवासका इन्स्पेक्टर राजन तिमिल्सिनाले जानकारी दिए। डाइभर्सन बगाएपछि वारपार हुन नसकेर दुम्कीवास र बर्दघाटमा रोकिएका सयौँ मालवाहक ट्रक र ...
: नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्। योङ कम्युनिष्ट लिग,नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताए। उनले छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए। 'परिवर्तनका उपलब्धिहरू ...