मुख्य समाचार
दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगिताका विजेताहरूलाई प्रचण्डले दिए बधाइ
दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगिताका विजेताहरूलाई प्रचण्डले दिए बधाइ

: नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाइ दिएका छन्।



अध्यक्ष प्रचण्डले विशेष गरी महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक जितेकी उर्मिला श्रेष्ठको प्रशंसा गर्दै समग्र टिम नेपालको उत्कृष्ट प्रदर्शनप्रति खुशी व्यक्त गरे । उनले भने,'खेल त्यसमा पनि शारीरिक सुगठन खेल राज्यको नजरमा कम पर्ने गरेको छ। अब राज्यले यस क्षेत्रलाई प्राथमिकतामा राखी थप सहयोग गर्नुपर्छ। म मेरो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।'



प्रतियोगितामा नेपालले उल्लेखनीय सफलता हात पारेको छ। ५५ केजी तौल समूहमा सरद सुवालले रजत पदक जितेका छन् भने महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक,शीला ठकुरीले रजत पदक जितेर नेपालको झण्डा फर्फराएका छन्। उक्त समूहमा भारतकी सारा काँस्य पदक विजेता बनेकी छन्।



त्यसैगरी, पुरुष स्पोर्ट्स फिजिक १७५ सेमी मुनीको समूहमा नेपालका अवतार श्रेष्ठले रजत पदक जितेका छन्। पुरुष स्पोर्ट्स फिजिक १७५ सेमी माथिको समूहमा प्रतिस्पर्धा गरेका नेपालका प्रनिश श्रेष्ठले पाँचौं स्थान हासिल गरेका छन्।

अध्यक्ष प्रचण्डले नेपाली खेलाडीहरूको मिहिनेत र समर्पणको खुलेर प्रशंसा गर्दै आगामी दिनमा शारीरिक सुगठनजस्ता खेलहरूलाई समेत राज्यले आवश्यक सम्मान र स्रोत साधन उपलब्ध गराउनु पर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र इस्टोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई मुलुकका बीचको आपसी सम्बन्ध र बहुपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।
— श्रीमतीको हत्या गरी फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएका प्रहरीले तीन वर्षपछि पक्राउ गरेका छन् । प्रहरीले फरार रहेकालाई शुक्रबार पक्राउ गरे पनि जिल्ला प्रहरीले सोमबार मात्रै सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी दिपककुमार रायले २०७८ साल माघ २६ गते बिहान रौतहटको ईशनाथ नगरपालिका-४ मठिया टोलस्थित गहुँको खेतमा मृत फेला ...
: कैलालीको जानकी गाउँपालिका-९ अमरावतीमा एक ८० वर्षीया वृद्धाको हत्या भएको छ। अमरावतीस्थित आफ्नो घरमा एक्लै बस्दै आएकी ८० वर्षीया मातादेवी शाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी नवीन राजा बुढाथोकीले दिएको जानकारी अनुसार धारिलो हतियार प्रहारबाट घाइते भएकी शाहीको आज बिहान घरमै शव फेला परेको थियो। दुई ...
— कांग्रेस नेता शेखर कोइरालाले संविधान संशोधनको काम कहाँ पुगेको छ भन्ने प्रश्नको जवाफ पार्टी सभापति शेरबहादुर देउवाले दिनुपर्ने बताएका छन् । उनले सोधेका छन्, 'सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ?' आज बसेको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले कांग्रेस-एमाले गठबन्धनको सरकार बन्नुपर्छ भनेर आफूले भने पनि सत्ताको नेतृत्व किन एमालेलाई ...
— सरकारको नेतृत्वको गरिरहेको एमालेका सांसद विद्या भट्टराईले सरकार र संसदीय समितिलाई असक्षम बनाउने नियतले विद्यालय शिक्षा विधेयकमा सरोकारवालाले चलखेल गरिरहेको बताएकी छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिको सोमबारको बैठकमा सांसद भट्टराईले विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उक्त कुरा बताएकी हुन् । भट्टराईले सरकारसमेत स्वार्थ समूहको दबाबमा काम गरिरहेको बताइन् । विधेयकका सम्बन्धमा ...