मुख्य समाचार
संसद् वादविवादको होइन, संवादको थलो बन्नुपर्छ : सभामुख घिमिरे
संसद् वादविवादको होइन, संवादको थलो बन्नुपर्छ : सभामुख घिमिरे

: सभामुख देवराज घिमिरेले दृष्टिकोण र प्राथमिकता फरक-फरक भएपनि साझा राष्ट्रिय सरोकारका विषयमा दलीय सहमति आवश्यक रहेको बताएका छन्। संसद दिवस, २०८२ को अवसरमा शुभकामना गर्दै उनले संसद् वाद विवादको नभई संवादको थलो बन्नुपर्ने बताएका हुन्।



उनले लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मर्म नै संवाद, सहकार्य र सहमति हो। ‘लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मर्म नै संवाद, सहकार्य र सहमति हो। संसद जनताको प्रतिनिधिमूलक संस्था भएकाले यसका कार्यहरू राष्ट्र र जनहितमा केन्द्रित र दीर्घकालीन प्रभाव पार्ने हुन आवश्यक छ।’ घिमिरेले भने, ‘विविध राजनीतिक दलहरूबीच विचार, दृष्टिकोण र प्राथमिकताहरू फरक-फरक भए तापनि साझा राष्ट्रिय सरोकारका विषयमा दलीय सहमति आवश्यक र अपरिहार्य छ। संसद् वादविवादको होइन, संवादको थलो बन्नुपर्दछ।’



उनले नीति निर्माण, कानून निर्माण तथा कार्यान्वयनको प्रभावकारी निगरानी संसदमार्फत गरिने बताए। ‘संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक प्रमुख संस्था हो। शासन व्यवस्थामा नीति निर्माण, कानुन निर्माण तथा कार्यान्वयनको प्रभावकारी निगरानी जस्ता महत्त्वपूर्ण कार्य संसदमार्फत सम्पन्न गरिन्छ। संसदले व्यवस्थापकीय कार्यविधिको माध्यमबाट जनताको अभिमतअनुरूप नीति र कानून सुनिश्चित गर्दछ। जनताको स्वीकृति बिना कर नलगाइनेू भन्ने लोकतान्त्रिक सिद्धान्तको सम्मान गर्दै संविधानले करसम्बन्धी सबै प्रस्तावहरू सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ’ उनले भने।



सभामुख घिमिरेले दलहरूलाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न हार्दिक आह्वान गरे। उनले भने, ‘संसदलाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल तथा सांसदहरू, कर्मचारी वर्ग, स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकहरूको योगदानप्रति आभार प्रकट गर्दै पुनस् शुभकामना व्यक्त गर्दछु।’

नेपालमा पहिलो निर्वाचित प्रतिनिधि सभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद दिवस मनाइन्छ। आजको दिन लोकतन्त्र, संविधानवाद, जनताको अधिकार तथा जनताप्रति जनप्रतिनिधिको उत्तरदायित्वको स्मरण गर्ने दिवस पनि हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दुम्कीवासको विनयी खोलामा डाइभर्सन निर्माण गरेर मंगलबार दिउँसोबाट यातायात सञ्चालनमा ल्याइएको छ । खोलामा पानीको सतह घटेपछि त्यहाँ डाइभर्सन निर्माण गरेरे यातायात सञ्चालनमा ल्याइएको हो। तीन दिनअघि विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय दुम्कीवासका इन्स्पेक्टर राजन तिमिल्सिनाले जानकारी दिए। डाइभर्सन बगाएपछि वारपार हुन नसकेर दुम्कीवास र बर्दघाटमा रोकिएका सयौँ मालवाहक ट्रक र ...
: नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्। योङ कम्युनिष्ट लिग,नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताए। उनले छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए। 'परिवर्तनका उपलब्धिहरू ...
— संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र इस्टोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई मुलुकका बीचको आपसी सम्बन्ध र बहुपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।
— श्रीमतीको हत्या गरी फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएका प्रहरीले तीन वर्षपछि पक्राउ गरेका छन् । प्रहरीले फरार रहेकालाई शुक्रबार पक्राउ गरे पनि जिल्ला प्रहरीले सोमबार मात्रै सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी दिपककुमार रायले २०७८ साल माघ २६ गते बिहान रौतहटको ईशनाथ नगरपालिका-४ मठिया टोलस्थित गहुँको खेतमा मृत फेला ...
: कैलालीको जानकी गाउँपालिका-९ अमरावतीमा एक ८० वर्षीया वृद्धाको हत्या भएको छ। अमरावतीस्थित आफ्नो घरमा एक्लै बस्दै आएकी ८० वर्षीया मातादेवी शाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी नवीन राजा बुढाथोकीले दिएको जानकारी अनुसार धारिलो हतियार प्रहारबाट घाइते भएकी शाहीको आज बिहान घरमै शव फेला परेको थियो। दुई ...