मुख्य समाचार
वीरगन्जको मुख्य सडक विस्तारको काम सुरु
वीरगन्जको मुख्य सडक विस्तारको काम सुरु

: त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक विस्तारको काम सोमबारदेखि सुरु भएको छ।



मुख्य सडक विस्तारको विरुद्ध स्थानीय घरधनीहरूले दायर भएको मुद्दा सर्वोच्च अदालतले गत फागुन २८ गते खारेज गरेसँगै सडक विभाग र जिल्ला प्रशासन कार्यालय पर्साको आग्रहमा वीरगन्ज महानगरपालिकाले सोमबारदेखि सडक क्षेत्रभित्र (२५/२५ मिटर) पर्ने संरचनाहरू हटाउन सुरु गरेको हो।



सोमबार बिहान महानगरका मेयर राजेशमान सिंह स्वयं तीनवटा डोजरसहितको टोली लिएर वीरगन्ज भन्सार क्षेत्रमा पुगेका थिए। त्यसक्रममा डोजर लगाएर सडक क्षेत्रभित्र परेका संरचनाहरू भत्काइएको थियो। सोमबारदेखि सुरु सडक विस्तार कार्य भन्सारदेखि गण्डक चोकसम्म निरन्तर अघि बढाइने मेयर सिंहले बताए।



गत असोज २८ गते सर्वोच्च अदालतले सडक विस्तार विरुद्ध दायर गरेको मुद्दाको रिट खारेज गर्दै सरकारको पक्षमा फैसला गरेपछि झण्डै १२ वर्षदेखि अन्योलमा परेको वीरगन्जको मेनरोड विस्तारका लागि बाटो खुलेको थियो।

त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको गण्डक चोकदेखि पावर हाउस, घण्टाघर, आदर्शनगर, रजतजयन्ती चोक, शंकराचार्यद्वार हुँदै मितेरीपुल सम्मको मेनरोड २५/२५ मिटर विस्तार गर्ने सडक विभागको निर्णय खारेजीको माग गर्दै त्यस क्षेत्रमा पर्ने करिब १ हजार २ सय घरधनीले सर्वोच्च अदालतमा २०७६ कार्तिक ७ गते रिट हालेका थिए।

तर सर्वोच्चले उक्त मुद्दाको पटक पटक पेसी सारेर टुंगो नलगाइ दिएका कारण १२ वर्षदेखि वीरगन्जको सडक विस्तारको काम सुरु नहुँदै रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले कानुनी छिद्र प्रयोग गरेर वैदेशिक रोजगारीमा ठगी गर्नेहरूलाई अब कानुनी दायरामा ल्याइने बताएका छन्। ललितपुरमा सोमबार सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा आयोजित तेस्रो चरणको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगार विभागमा हाल ३६ हजार ठगीसम्बन्धी मुद्दा रहेकाले ऐन संशोधन गरी ती मुद्दा छिटो फर्छ्यौट ...
— गृहमन्त्री रमेश लेखकले विपद्जन्य क्षति हुन नदिन र विपद्पछि नागरिक तथा सम्पत्तिको सुरक्षा गर्न सरकारले तयारी अवस्थामा रहेको बताएका छन्। मंगलबार सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक सङ्घ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौता पश्चात् गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले नेपालमा विपद्को जोखिम उच्च रहेको ...
— नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्। योङ कम्युनिस्ट लिग, नेपाल (वाईसीएल) को केन्द्रीय पदाधिकारी बैठकलाई पेरिस डाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। 'परिवर्तनका ...
: बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ३६ वर्षीय सबिन महर्जन र काठमाडौं महनगरपालिका-७ बस्ने खोटाङ कोटेहाङ गाउँपालिका-८ घर भएका ४३ वर्षीय दिनेश थापा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन २६ गते पक्राउ अनुमति प्राप्त ...
— दुम्कीवासको विनयी खोलामा डाइभर्सन निर्माण गरेर मंगलबार दिउँसोबाट यातायात सञ्चालनमा ल्याइएको छ । खोलामा पानीको सतह घटेपछि त्यहाँ डाइभर्सन निर्माण गरेरे यातायात सञ्चालनमा ल्याइएको हो। तीन दिनअघि विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय दुम्कीवासका इन्स्पेक्टर राजन तिमिल्सिनाले जानकारी दिए। डाइभर्सन बगाएपछि वारपार हुन नसकेर दुम्कीवास र बर्दघाटमा रोकिएका सयौँ मालवाहक ट्रक र ...