मुख्य समाचार
संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता
संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता

: प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको छ। स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र महासचिव गुटेरसबीच सेभियामा भेटवार्ता भएको हो।



प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा रहेका छन्।



त्यस्तै प्रधानमन्त्री ओलीले आजै विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधनसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कैलालीको जानकी गाउँपालिका-९ अमरावतीमा एक ८० वर्षीया वृद्धाको हत्या भएको छ। अमरावतीस्थित आफ्नो घरमा एक्लै बस्दै आएकी ८० वर्षीया मातादेवी शाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी नवीन राजा बुढाथोकीले दिएको जानकारी अनुसार धारिलो हतियार प्रहारबाट घाइते भएकी शाहीको आज बिहान घरमै शव फेला परेको थियो। दुई ...
— कांग्रेस नेता शेखर कोइरालाले संविधान संशोधनको काम कहाँ पुगेको छ भन्ने प्रश्नको जवाफ पार्टी सभापति शेरबहादुर देउवाले दिनुपर्ने बताएका छन् । उनले सोधेका छन्, 'सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ?' आज बसेको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले कांग्रेस-एमाले गठबन्धनको सरकार बन्नुपर्छ भनेर आफूले भने पनि सत्ताको नेतृत्व किन एमालेलाई ...
— सरकारको नेतृत्वको गरिरहेको एमालेका सांसद विद्या भट्टराईले सरकार र संसदीय समितिलाई असक्षम बनाउने नियतले विद्यालय शिक्षा विधेयकमा सरोकारवालाले चलखेल गरिरहेको बताएकी छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिको सोमबारको बैठकमा सांसद भट्टराईले विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उक्त कुरा बताएकी हुन् । भट्टराईले सरकारसमेत स्वार्थ समूहको दबाबमा काम गरिरहेको बताइन् । विधेयकका सम्बन्धमा ...
— साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले परिवर्तित नाममा साइबर ब्युरोमा परेको उजुरीका आधारमा सोमबार पाठकविरुद्ध मुद्दा दायर गरेको हो । सरकारी वकिलको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता पूर्णेन्द्र पाण्डेयले दायर गरेको अभियोग दाबीमा विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, विद्युतीय स्वरुपमा ...
: राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडामा राष्ट्रियसभाबाट कुलिङ पिरियडमा भएको त्रुटि सच्याउन आग्रह गरेका छन्। मंगलबार विज्ञप्ति जारी गरेर उनले कुलिङ अफ पिरियडमा भएको अक्षम्य घटना राष्ट्रियसभाबाट सच्याउनुपर्ने आग्रह गरेका हुन्। उनले यस विषयमा छानबिन गर्न सभामुख देवराज घिमिरेलाई पनि अनुरोध गरेका छन्। 'राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको संघीय निजामती विधेयकमा ...