मुख्य समाचार
प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच गएराति द्विपक्षीय भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच गएराति द्विपक्षीय भेटवार्ता

: प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच गएराति द्विपक्षीय भेटवार्ता भएको छ । स्पेनको सेभिल्लामा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै पर्यटन, जलवायु परिवर्तन, लगानी, जनता–जनताबीच सम्पर्कलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



भेटमा प्रधानमन्त्री ओलीले समकक्षी साञ्चेजलाई नेपालको औपचारिक भ्रमणको निमन्त्रण दिँदै नेपालमा स्पेनको दूतावास खोल्न आग्रह गरेका थिए ।



स्पेनका प्रधानमन्त्री साञ्चेजले राष्ट्रसङ्घको शान्ति मिसनमा नेपालले खेल्दै आएको भूमिकाप्रति प्रशंसा गरे। भेटवार्तामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए।



स्पेनको मेड्रिड हुँदै सेभिल्ला पुगेका प्रधानमन्त्री ओलीले आइतबार नै सम्मेलनअन्तर्गतको नागरिक समाज मञ्चको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए। संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री स्पे

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेस नेता शेखर कोइरालाले संविधान संशोधनको काम कहाँ पुगेको छ भन्ने प्रश्नको जवाफ पार्टी सभापति शेरबहादुर देउवाले दिनुपर्ने बताएका छन् । उनले सोधेका छन्, 'सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ?' आज बसेको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले कांग्रेस-एमाले गठबन्धनको सरकार बन्नुपर्छ भनेर आफूले भने पनि सत्ताको नेतृत्व किन एमालेलाई ...
— सरकारको नेतृत्वको गरिरहेको एमालेका सांसद विद्या भट्टराईले सरकार र संसदीय समितिलाई असक्षम बनाउने नियतले विद्यालय शिक्षा विधेयकमा सरोकारवालाले चलखेल गरिरहेको बताएकी छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिको सोमबारको बैठकमा सांसद भट्टराईले विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उक्त कुरा बताएकी हुन् । भट्टराईले सरकारसमेत स्वार्थ समूहको दबाबमा काम गरिरहेको बताइन् । विधेयकका सम्बन्धमा ...
— साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले परिवर्तित नाममा साइबर ब्युरोमा परेको उजुरीका आधारमा सोमबार पाठकविरुद्ध मुद्दा दायर गरेको हो । सरकारी वकिलको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता पूर्णेन्द्र पाण्डेयले दायर गरेको अभियोग दाबीमा विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, विद्युतीय स्वरुपमा ...
: राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडामा राष्ट्रियसभाबाट कुलिङ पिरियडमा भएको त्रुटि सच्याउन आग्रह गरेका छन्। मंगलबार विज्ञप्ति जारी गरेर उनले कुलिङ अफ पिरियडमा भएको अक्षम्य घटना राष्ट्रियसभाबाट सच्याउनुपर्ने आग्रह गरेका हुन्। उनले यस विषयमा छानबिन गर्न सभामुख देवराज घिमिरेलाई पनि अनुरोध गरेका छन्। 'राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको संघीय निजामती विधेयकमा ...
— बर्दिबासको मसाज सेन्टरभित्र मध्यरातमा भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक विकास बमको नेतृत्वमा खटिएको प्रहरी टोलीले मध्यराति बर्दिवास नगरपालिका–१ स्थित बजारमा हेम लामाले सञ्चालन गर्दै आएको रोयल मसाज सेन्टरमा जाँच गर्दा प्रहरीसँग दुर्व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले सेवाग्राही भारत जिल्ला सितामढी बिहार बस्ने ...