मुख्य समाचार
इरानले केही महिनाभित्रै बमका लागि युरेनियम प्रशोधन सुरु गर्ने संयुक्त राष्ट्रसंघको आणविक प्रमुखले बताए
इरानले केही महिनाभित्रै बमका लागि युरेनियम प्रशोधन सुरु गर्ने संयुक्त राष्ट्रसंघको आणविक प्रमुखले बताए

: इरानले केही महिनाभित्रै बमका लागि युरेनियम प्रशोधन सुरु गर्ने संयुक्त राष्ट्रसंघको आणविक प्रमुखले बताएका छन्। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले गत सप्ताहन्तमा तीन इरानी क्षेत्रहरूमा अमेरिकी आक्रमणले गम्भीर तर पूर्णरूपमा क्षति भने नपुर्‍याएको बताए।



इरानको परमाणु केन्द्रहरू पूर्णरूपमा ध्वस्त भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीको खण्डन गर्दै ग्रोसीको यस्तो अभिव्यक्ति आएको हो। ‘सत्य कुरा भन्नुपर्दा, कसैले पनि त्यहाँ सबै पूर्णरूपमा नष्ट भयो र केही छैन भनेर दाबी गर्न सक्दैन’, ग्रोसीले भने।



इरान परमाणु हतियार बनाउने क्रमको निकै नजिक रहेको भन्दै गत जुन १३ तारिकमा इजरायलले इरानको आणविक र सैन्य क्षेत्रहरूमा आक्रमण गरेको थियो। पछि गएर अमेरिकाले पनि इरानका तीन आणविक केन्द्रहरू फोर्डो, नातान्ज र इस्फहानमा बम खसाल्यो। तर क्षतिको वास्तविक स्थिति अस्पष्ट छ। ग्रोसीले तेहरानले केही महिनाभित्रै युरेनियम प्रशोधन सुरु गर्न सक्ने सम्भावना औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...