मुख्य समाचार
अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन
अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन

: अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बसोबास गरेको आरोपमा उनीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो।



निष्कासनमा पर्नेमा वली, डाँगी र केसी थरका एक-एक जना छन्। स्रोतका अनुसार दुई जनालाई असार १२ गते र एक जनालाई असार ११ गते नेपाल फर्काइएको हो। उनीहरूलाई एयर इन्डियाको जहाजबाट भारत हुँदै काठमाडौं फर्काएको स्रोतको भनाइ छ।



अमेरिकाको इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस)का अनुसार अवैधरूपमा बसोबास गरिरहेका उनीहरूलाई अमेरिकाको विभिन्न स्थानबाट पक्राउ परेका थिए। पक्राउ पर्दा उनीहरूसँग कुनै पनि कागजात नरहेको आइस प्रहरीको भनाइ छ।



आइस प्रहरीले अमेरिकास्थित नेपाली दूतावाससँग 'ट्राभल डकुमेन्ट'को पहल गरेर उनीहरूलाई नेपाल फर्काएको हो। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि त्यहाँका नेपालीसहित अवैधरूपमा बसोबास गरिरहेका अप्रवासीमाथि धरपकड गरिएको छ। ट्रम्प प्रशासनले विभिन्न मितिमा नेपालीहरूलाई नेपाल फर्काउने गरेको छ। ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नयाँ नीति नै लागू गरेर धरपकड गरिरहेको त्यहाँका नेपालीहरूले बताएका छन्।

गत जेठ अन्तिम साता पनि एकैपटक ३७ जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको थियो। तल्लो बाटो हुँदै अवैधरूपमा अमेरिका प्रवेश गरेका उनीहरूलाई ओम्नी एयरलायन्स जहाजबाट काठमाडौं फर्काएको थियो। नेपाल फर्काइनेमा ३२ जना पुरुष र ५ जना महिला थिए।

उनीहरू विभिन्न समयमा तल्लो बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए। केही नेपाली सीमा क्षेत्रबाटै पक्राउ परेका थिए भने केहीलाई लुकीछिपी काम गरिरहेका स्थानबाट पक्राउ गरेको आइस प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कुवेतस्थित नेपाली दूतावासले त्यहाँको आधिकारिक निकायहरूबाट जारी गरिएको सूचना तथा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियाली देशहरूमा विकसित परिस्थिति मध्यनजर गर्दै सजगता अपनाउन नेपालीलाई तेस्रो पटक अनुरोध गरेको हो । कुवेतको हवाई क्षेत्र खुलेपछि मात्र नियमित उडान सुरु हुने भएकाले त्यसबारे अद्यावधिक सूचनाका लागि कुवेतको उड्डयन प्राधिकरणको वेबसाइट हेर्न तथा आफ्नो सम्बन्धित ...
: इरानी ड्रोन आक्रमणबाट अबुधावी विमानस्थलमा मारिएका गोरखा बोर्लाङका दिवस श्रेष्ठको दाहसंस्कार गरिएको छ। पशुपति आर्यघाटमा शनिबार राति ८ बजे दाहासंस्कार गरेर बोर्लाङ ठाँटीस्थित घरमा आइतबारदेखि काजकिरिया सुरु गरिएको भीमसेनथापा गाउँपालिका-८ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए। मृतकका बुबा चामबहादुर श्रेष्ठले छोरा दिवसको काजकिरिया गर्न सुरु गरेका छन्। आइतबार आठौं दिनदेखि काजकिरिया सुरु गरिएको उनले बताए। ...
। अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागि मृत्यु भएको छ । सोमबार मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई क्रुरतापूर्वक खुँडा प्रहार गर्ने एक व्यक्तिलाई फेयरफ्याक्स काउन्टीका प्रहरी अधिकारीले गोली हानी मारेका हुन् । नेपाली भाषाको समाचार पोर्टल खसोखास डट कमले परिवारका सदस्यहरूको हत्यामा संलग्न नेपाली छत्रबहादुर ...
: अमेरिकाले १२० भन्दा बढी नेपालीलाई निष्कासन गरेको छ। अमेरिकास्थित नेपाली राजदूतावास स्रोत अनुसार अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका १२० जनाभन्दा बढी नेपालीलाई निष्कासन गरी विशेष चार्टर विमानमार्फत अमेरिकाले नेपाल फर्काएको हो। दूतावास स्रोतले अन्नपूर्णलाई दिएको जानकारी अनुसार डिपोर्ट गरिएका नेपालीहरू चार्टर विमानमार्फत आज अपरान्ह श्रीलंका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्दैछन्। दूतावासले केही दिन ...
— अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ देखि दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाबाट ५ सय ८५ नेपाली निष्कासित भएका छन् । राष्ट्रपति ट्रम्पले कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासित गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गरेसँगै त्यसको प्रभाव नेपालीमा पनि परेको हो । वर्षौंदेखि कागजातविना बसोबास गर्दै आइरहेका १ हजार ३ सय ६५ जना नेपालीलाई एक वर्षभित्र ...