मुख्य समाचार
अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन
अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन

: अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बसोबास गरेको आरोपमा उनीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो।



निष्कासनमा पर्नेमा वली, डाँगी र केसी थरका एक-एक जना छन्। स्रोतका अनुसार दुई जनालाई असार १२ गते र एक जनालाई असार ११ गते नेपाल फर्काइएको हो। उनीहरूलाई एयर इन्डियाको जहाजबाट भारत हुँदै काठमाडौं फर्काएको स्रोतको भनाइ छ।



अमेरिकाको इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस)का अनुसार अवैधरूपमा बसोबास गरिरहेका उनीहरूलाई अमेरिकाको विभिन्न स्थानबाट पक्राउ परेका थिए। पक्राउ पर्दा उनीहरूसँग कुनै पनि कागजात नरहेको आइस प्रहरीको भनाइ छ।



आइस प्रहरीले अमेरिकास्थित नेपाली दूतावाससँग 'ट्राभल डकुमेन्ट'को पहल गरेर उनीहरूलाई नेपाल फर्काएको हो। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि त्यहाँका नेपालीसहित अवैधरूपमा बसोबास गरिरहेका अप्रवासीमाथि धरपकड गरिएको छ। ट्रम्प प्रशासनले विभिन्न मितिमा नेपालीहरूलाई नेपाल फर्काउने गरेको छ। ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नयाँ नीति नै लागू गरेर धरपकड गरिरहेको त्यहाँका नेपालीहरूले बताएका छन्।

गत जेठ अन्तिम साता पनि एकैपटक ३७ जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको थियो। तल्लो बाटो हुँदै अवैधरूपमा अमेरिका प्रवेश गरेका उनीहरूलाई ओम्नी एयरलायन्स जहाजबाट काठमाडौं फर्काएको थियो। नेपाल फर्काइनेमा ३२ जना पुरुष र ५ जना महिला थिए।

उनीहरू विभिन्न समयमा तल्लो बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए। केही नेपाली सीमा क्षेत्रबाटै पक्राउ परेका थिए भने केहीलाई लुकीछिपी काम गरिरहेका स्थानबाट पक्राउ गरेको आइस प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले थप ८० नेपालीलाई निष्कासन गरेको छ। ओमनी इन्टरनेशनको OAE3943 नम्बरको चार्टर्ड विमानले बंगलादेशको ढाका हुँदै उनीहरूलाई नेपाल छाडेको हो। स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको ...
। मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका हुन् । मलेसियामा हाल न्यूनतम १ हजार ७ सय रिंगिट तलब तोकिएको छ । तर, कतिपय सुरक्षा गार्डले त्यति पनि पाएका छैनन् । हाल १ ...
: कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सामान्य परिवारमा हुर्किएका २३ वर्षीय दिनेश नायक परिवारको आर्थिक अवस्था सुधार्ने उज्यालो भविष्यको सपना बोकेर २०८० असारमा अध्ययन भिसामा रुस उडे। दिनेशका बुबा कर्णसिंह नायकका अनुसार दिनेश २०८० असार ८ गते घरबाट रुसका लागि बिदा भएका थिए। काठमाडौंंको एक साता बसाइपछि रुस उडे। रुस पुगेपछि कलेजमा भर्ना पनि भएका थिए। होस्टेलमा ...
: भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ। मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले अन्नपूर्ण पोस्टसँग बताए। द न्यूज हिमाचलका ...
— उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको ...