मुख्य समाचार
शिक्षा विधेयकमा फेरि विवाद, सभापति र मन्त्री भन्छन् : कांग्रेसका कारण अड्कियो, बाध्य भएर स्थगित गर्नुपर्‍यो
शिक्षा विधेयकमा फेरि विवाद, सभापति र मन्त्री भन्छन् : कांग्रेसका कारण अड्कियो, बाध्य भएर स्थगित गर्नुपर्‍यो

: पटक–पटक बिथोलिँदै आएको विद्यालय शिक्षा विधेयकको खाका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिनिधिसभामा पठाउने अन्तिम चरणमा रहे पनि फेरि विवादले थन्किएको छ । जबकि विधेयकमा सहमति जुटाउन गठित उपसमितिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको थियो । उपसमिति संयोजक छविलाल विश्वकर्माले समिति सभापति अम्बरबहादुर थापालाई गत जेठ पहिलो साता सो विधेयक प्रतिवेदन हस्तान्तरण गरेका थिए ।



समितिमा प्रस्तुत प्रतिवेदनलाई विस्तृत अध्ययनपछि दफावार छलफल सकाएर समय सीमामा रहेर सोमबार अन्तिम तयारी गरी प्रतिनिधिसभामा पेस गर्न बिहानदेखि बैठक बसेको थियो । विधेयकमा उल्लेख सबै बुँदामा सहमति जुटे पनि पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्तावमाथि सहमति नजुटेपछि स्थगित भएको सभापति अम्बरबहादुर थापा बताउँछन् ।



उनका अनुसार जसरी पनि टुंगो लगाउने भन्दाभन्दै आन्तरिक र खुला प्रतिस्पर्धा प्रस्तावमाथि शिक्षक महासंघहरू नमानेकाले स्थगित गर्नुपर्‍यो । किनभने बैठकमा सहमति जुट्न नसकेपछि महासंघका प्रतिनिधिहरू सभाबाट बाहिरिएका थिए । उनी भन्छन्, ‘सोमबारको बैठकबाट जसरी पनि टुंग्याउने भनेका थियौं । तर, कांग्रेस उनीहरूको पक्षमा रहेकाले बाध्य भएर स्थगित गर्नुपर्‍यो । अब ३–४ दिनपछि फेरि बैठक बस्ने छ ।’



सभापति थापा भने विधेयकमा पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्तावलाई हुबहु लैजाने अडान राख्छन् । ‘हामीले सहमति जुटाएर आउनुस् भनेका छौं । उनीहरूले मानेन भने पनि संशोधन हुँदैन । हाम्रो तर्फबाट यो जस्ताको तस्तै पेस प्रतिनिधिसभामा पेस हुन्छ । समितिले दायाँबाँया गर्दैन,’ उनले अन्नपूर्णसँग भने ।

सोही विषयमा विवाद चलिरहँदा शिक्षामन्त्री रघुजी पन्तले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएसँगै बैठक स्थगित गर्ने प्रस्ताव गरका थिए । यद्यपि उनको प्रस्तावमा सहभागी अन्य सांसदहरूले विरोध गरेर जसरी पनि पास गर्ने दबाब दिएका थिए । जसमा माओवादी केन्द्रका सांसदद्वय देवेन्द्र पौडेल, रेखा शर्मा, एमाले सांसद दीपा शर्मा, ज्ञानु बस्नेत सुवेदी, रास्वपा सांसद सुमना श्रेष्ठलगायत सांसदले जसरी पनि सोमबार नै छलफलबाट निचोड निकाल्न दबाब दिएका थिए ।

गत जेठ पहिलो साता विधेयकमा सहमति जुटाउन गठित उपसमितिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई प्रतिवेदन बुझाएको थियो । त्यतिबेला नै उक्त प्रस्तावित विधेयकको विभिन्न १५ वटा परिच्छेद, १ सय ६३ वटा दफामाथि छलफल गरिएको थियो ।

यससँगै, उपसमितिले १ सय ८ बुँदाको प्रतिवेदन तयार गरेको थियो । जसअन्तर्गत विद्यालय शिक्षा विधेयकमा १ सय १ दफामा परिमार्जन गरिएको थियो । साथै, १३ वटा नयाँ दफा थपिएको छ भने भएका ४ दफालाई हटाइएको छ ।

बाँकी ६२ वटा दफालाई सरकारले प्रस्ताव गरेअनुरूप तयार पारिएको थियो । यसअघि उपसमितिले हटाइएको दफाअन्तर्गत ६३, ६४ र ६८ दफा रहेको थियो । यसैगरी, दफा १२, १६, २१, ८३, ९५, १५०, १५१, १५२, १५३, १५४, १५५, १५६, १५७, १६४ र १६५ दफाहरूको बदलामा अर्को नयाँ दफा थपिएको देखिन्छ । यससँगै, दफा १७, २३, २८, ८३, ९५, १५०, १५१, १५२, १५३, १५४, १५५, १५६, १५७, १६३ र १६५ दफा थप गरिएको थियो । विधेयक दफाबार छलफलदेखि उपसमितिको प्रतिवेदन बनाउँदासम्मलाई हेर्दा निजी लगानीका विद्यालयहरूलाई निश्चित समय तोकेर गुठीमा रूपान्तरण गरिने भन्ने व्यवस्थामा सरकार पछि हटेको देखिन्छ ।

किनभने उक्त उपसमितिले दफावार छलफलमा निजी लगानीका विद्यालयहरूको नियमन, केही समयपछि गुठीमा रुपान्तरण हुने व्यवस्थालाई टुंगो लगाउन सकेको छैन । यससँगै प्रारम्भिक बाल विकास शिक्षा (ईसिडी) बारे पनि स्पष्ट व्यवस्था आउन सकेको छैन । ईसिडीलाई विद्यालय शिक्षाको अंग कसरी मान्ने, कति अवधिसम्मलाई बनाउने, बाल सहजकर्ताको बारेमा कसरी व्यवस्था गर्नेभन्नेबारे भने टुंगो लगाउन सकेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। रौतहटको ईशनाथ नगरपालिका–७ की २० वर्षीय चाँदनी खातुनको हत्या गरेको आरोपमा उनका श्रीमान् फैयाद मिया मन्सुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चाँदनीको हत्या गरी मन्सुरी तीन वर्षदेखि फरार रहेकोमा शुक्रबार पक्राउ गरिएको रौतहटका प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए। प्रहरीका अनुसार ...
: सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तीनजनाको संसदीय सुनुवाइ सकिएको छ। प्रस्तावित सबैको सुनुवाइ भएपनि समितिबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा भने सोमबार निर्णय हुन सकेन । समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित व्यक्तिमाथिको छलफल बाँकी रहेको र समिति सदस्यहरूको कार्यव्यस्ताका कारण अर्को बैठकबाट आवश्यक निर्णय लिइने जानकारी दिइन्। गत जेठ ३० गतेको न्याय परिषद् बैठकले वरिष्ठ ...
: महिलाको अश्लील फोटो भिडियो बनाएर बेचेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ घर भई काठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने २९ वर्षीय रमेश थापा रहेका छन्। उनले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषहरूसँग रकम लिई भिडियो कलमार्फत अश्लील क्रियाकलापहरूमा सहभागी गराउने तथा महिलाको अश्लील सामाग्री बनाइ बिक्री वितरण ...
: मध्यअसार सकिँदा स्याङ्जामा करिब ३० प्रतिशत धान रोपाइँ सकिएको अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार धान खेती गरिने क्षेत्रफलको करिब ३० प्रतिशत रोपाइँ सकिएको हो। सबैभन्दा धेरै फेदिखोला गाउँपालिकामा ९० प्रतिशत र सबैभन्दा कम कालीगण्डकी गाउँपालिकामा ५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ। जिल्लाका उत्तरतर्फ छिटो रोपाइँ गर्ने र ...
: बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४७ वर्षीय खड्ग बहादुर कार्की रहेका छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत काठमाडौंको २०८० फागुन २२ गतेको फैसलाले १० दिन कैद सजाय र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ...