मुख्य समाचार
आज वैशाख शुक्ल पूर्णिमा : बुद्धजयन्ती मनाइँदै
आज वैशाख शुक्ल पूर्णिमा : बुद्धजयन्ती मनाइँदै

— शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।


प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६९ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।


बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्धजयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६९ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । उनान्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्धारित समयमै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकाले अब नेपालमा आर्थिक स्थायित्वसँगै आर्थिक सुधारले गति लिने नेपालको सार्वभौम साख मूल्यांकन गरेको एजेन्सी ‘फिच रेटिङ’ ले जनाएको छ । दोस्रो वर्ष रेटिङका क्रममा गत मंसिरमा स्थलगत मूल्यांकनका लागि नेपाल आएको फिचको टोलीले तोकिएको समय अर्थात् २१ फागुनमै निर्वाचन हुनेमा आशंका व्यक्त गरेको थियो । स्थलगत मूल्यांकनका क्रममा फिचको ...
— निर्वाचन सम्पन्न भएपछि विदाइ भएर घर फर्कने बेला एक निर्वाचन प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ । निर्वाचन प्रहरीमा काम गरेको प्रमाण पत्र बुझेर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका प्रकाश धामीको उपचारका क्रममा मृत्यु भएको हो । लेकम गाउँपालिका–२ का धामी ४० दिनको निर्वाचन सुरक्षा कार्य सम्पन्न गरी बिहीबार प्रमाणपत्र बुझेर घर फर्किने ...
— सामान्य वर्षा हुनासाथ आएको बाढीले फेमे खोलाको डाइभर्सन बगाउँदा फिदिम फालौट सडक खण्डमा यातायात र ढुवानीका साधन आउजाउ बन्द भएको छ । बिहीबार साँझ पानी पर्नासाथ आएको बाढीले डाइभर्सनका लागि राखिएका हृयुम पाइप बगाएको थियो। हृयुमपाइप एकसय मिटर तलसम्म बगाएर लगेकाले सवारी र ढुवानीका साधन आउजाउ ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सदरमुकाम ...
— बेदकोट नगरपालिका–७ लालपुर चौराह नजिकै बिहीबार दुर्घटनामा परेर ज्यान गुमाएका आफन्तले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । उनीहरुले उचित क्षतिपुर्ती र दोषीमाथि कारवाहीको माग राख्दै शुक्रबार अत्तरिया-महेनद्रनगर खण्ड बिहानैदेखि सडक बन्द गराएका हुन् । मृतकका आफन्तहरुले बिहानैदेखि सडकमा जम्मा भएर यातायात पूर्णरुपमा बन्द गराएका छन् । घटना शंकास्पद भएको भन्दै उनीहरुले सत्यतथ्य छानबिनको समेत ...
— जिल्लाको सहिदभूमि गाउँपालिकास्थित थलथले बजारमा बिहीबार अनुगमन गरिँदा म्याद गुज्रिएका खाद्यान्न सामग्री फेला परेपछि जफत गरी नष्ट गरिएको छ । बजार क्षेत्रका किराना तथा खुद्रा पसलको अनुगमन गरी म्याद गुज्रिएका खाद्यान्न जफत गरी नष्ट गरिएको हो । बजार अनुगमन घरेलु तथा साना उद्योग कार्यालयको अयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटा, उद्योग वाणिज्य संघ, कर कार्यालय, खाद्य ...