मुख्य समाचार
च्याम्पियन लिभरपुलसँग आर्सनलको २–२ बराबरी
च्याम्पियन लिभरपुलसँग आर्सनलको २–२ बराबरी

— आर्सनलले संघर्ष गर्दै आइतबार इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुललाई २–२ को महत्त्वपूर्ण बराबरीमा रोकेको छ । यसले आर्सनलको अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने आशालाई बलियो बनाएको छ । दोस्रो स्थनमा रहेको आर्सनल छैटौं स्थानको एस्टन भिल्लाभन्दा ५ अंकले अगाडि छ ।


कोडी गाक्पो र लुइज डियाजको गोलमा लिभरपुलले एनफिल्डमा पहिलो हाफमै २ गोलको अग्रता बनाएको छ । एउटा अर्को सिजन उपाधिविहीन हुनुपरेको आर्सनलबाट ग्याब्रियल मार्टिनेली र मिकेल मेरिनोले गोल फर्काएका थिए । खेल समाप्त हुन ११ मिनेट अगाडि मेरिनो दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडे पनि आर्सनलले लिभरपुलको आक्रमणलाई झेलेको थियो । लिभरपुलले २ खेल अगावै प्रिमियर लिगको उपाधि जितिसकेको छ ।


रेलिगेसनमा परिसकेको लेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–२ को बराबरीमा रोकेको छ । युरोपेली च्याम्पियन्स लिगमा छनोटका लागि प्रयासरत फरेस्टका लागि यो नतिजा गम्भीर धक्का रहेको छ र शीर्ष पाँचको सम्भावना अब उसको एक्लो प्रयासले पुग्ने छैन ।

फकुन्डो बोनानोटले ८१ औं मिनेटमा लेस्टरका लागि बराबरी गोल गरे । लेस्टरले नै १६ औं मिनेटमा कोनोर कोडीको गोलले अग्रता लिएको थियो । त्यसपछि मोर्गन गिब्स–ह्वाइटले २५ र क्रिस उडले ५६ औं मिनेटमा गोल गर्दै फरेस्टलाई खेलमा फर्काए । यो नतिजापछि फरेस्ट ६२ अंकमा सातौं स्थानमा रह्यो । उसको शीर्ष पाँचको सम्भावना अन्य टिमको खराब प्रदर्शनमा पनि टिक्नेछ । लेस्टरको भने ३१ अंक भएको छ ।

यसपल्ट इंग्ल्यान्डबाट ६ टिमले अर्को सिजनको च्याम्पियन्स लिगमा चुनौती पेस गर्नेछन् र त्यसमध्ये पाँच टिम लिगको शीर्षमा रहने छन् । अर्को छैटौं टिम भने युरोपा लिग विजेता हुनेछ । त्यसमा दुवै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र टोटनहम भिड्दै छन् । उनीहरू दुवै संयोगले आइतबारको खेलमा भने पराजित भएका छन् । दुवैले आफ्नै घरेलु मैदानमा भएको खेल गुमाएका हुन् ।

वेस्ट ह्यामले युनाइटेडलाई २–० ले हरायो भने टोटनहमलाई क्रिस्टल प्यालेसले २–० ले नै निराश पारेको हो । आइतबारको पहिलो खेलमा न्युकासल युनाइटेडले दस खेलाडीमा सीमित चेल्सीलाई २–० ले पराजित गरेको थियो र यो नतिजाले शीर्ष पाँचको समीकरणमा ठूलो प्रभाव पार्नेछ । यो नतिजापछि न्युकासलले अर्को सिजन च्याम्पियन्स लिगमा खेल्ने सम्भावना बलियो भएको छ । सेन्ट जेम्स पार्कमा भएको खेल अगाडि दुवै टिम समान ६३ अंकमा थिए । आफ्नो घरेलु मैदानमा न्युकासलले सानदार सुरुआत लिएको थियो र त्यसक्रममा दोस्रो मिनेटमै सान्ड्रो टोनालीले गोल गरे । दोस्रो गोल भने खेलको अन्तिम मिनेटमा सम्भव भएको थियो र यो ब्रुनो गुइमारेसका नाममा रह्यो । यो जितपछि न्युकासलको ६६ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ ।

अबको खेलका लागि न्युकासल दोस्रोमा रहेको आर्सनलको भ्रमणमा निस्कनेछ भने एभरटनविरुद्धका घरमा हुने खेलसँगै यो सिजनमा पूर्णविराम लगाउनेछ । म्यानचेस्टर सिटी ६५ अंकमा चौथो स्थानमा छ । चेल्सी ६३ अंकमा पाँचौंमा छ भने एस्टन भिल्ला ६३ अंकमा छैटौंमा छ । सिटी शनिबारको खेलमा साउथह्याम्पटनको हातबाट गोलरहित बराबरीमा रोकिएको थियो । लिग तालिकाको पुछारमा रहेको टिमसँगको बराबरी सिटीका लागि धक्का रहेको छ ।



सिटीले अर्को साता एफएकपको फाइनलमा क्रिस्टल प्यालेससँग भिड्दै छ । छैटौं स्थानमा रहेको भिल्लाले भने बर्नमाउथलाई १–० ले पराजित गरेको थियो । पेप ग्वार्डिओलाले लिगको अन्तिम खेलसम्म पनि शीर्ष पाँचका लागि चर्को प्रतिस्पर्धा चेल्ने प्रतिक्रिया दिएका छन् । सिटीका व्यवस्थापकले भने, ‘योपल्टको सिजन हाम्रा लागि निकै कठिनाइले भरिएको रह्यो, यसमा कुनै शंका छैन । अन्तिम खेलसम्म पनि शीर्ष पाँचका लागि सबैले संघर्ष गर्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...