मुख्य समाचार
अमेरिकाको अवैध नाइट क्लबबाट पक्राउ परे १ सय १४ गैरआप्रवासी
अमेरिकाको अवैध नाइट क्लबबाट पक्राउ परे १ सय १४ गैरआप्रवासी

— अमेरिकाको कोलोराडो राज्यबाट आइतबार १ सय १४ जना गैरआप्रवासी एकै पटक पक्राउ परेका छन् ।


स्थानीय समयअनुसार आइतबार बिहान कोलोराडोको मुख्य सहर डेनभरबाट करिब ७० माइल दक्षिणमा पर्ने कोलोरोडो स्प्रिङ्सको एक भूमिगत नाइट क्लबमा छापा मार्ने क्रममा ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डिईए)को टोलीले एकै पटक १ सय १४ जना कागजातविहिनलाई पक्राउ गरेको हो ।


अमेरिकी संचारमाध्यम युएसए टुडेका अनुसार (डिईए)को रकी माउन्टेन डिभिजनले अप्रिल २७ मा कोलोराडो स्प्रिङ्सको भूमिगत नाइटक्लबबाट १ सय १४ जनालाई हिरासतमा लिएको र निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ ।

‘भूमिगत नाइट क्लब अवैध नाइट क्लब हो, भित्र जे भइरहेको थियो त्यो लागूपदार्थको तस्करी, वेश्यावृत्ति र हिंसाका अपराधहरु भइरहेको थियो । हामीले त्यहाँ थुप्रै बन्दुकहरुसमेत जफत गर्‍यौं,’ डीईए रकी माउन्टेन डिभिजनका विशेष एजेन्ट इन्चार्ज जोनाथन पुलेनले पत्रकार सम्मेलनमा भने ।

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस)का अधिकारीहरुले फ्लोरिडामा बहुएजेन्सी आप्रवासन प्रवर्तन कारबाही अपरेशन टाइडल वेभको पहिलो केही दिनमा लगभग आठ सय व्यक्तिहरुलाई पक्राउ गरिएको घोषणा गरेको एक दिनपछि डेनभर स्प्रिङ्समा छापा मारेको हो ।

पुलेनका अनुसार नाइट क्लबबाट कोकिन र पिंक कोकिन, ‘टुसी’ भनिने पदार्थको मिश्रणसहित दर्जनौं लागुऔषधका स–साना प्याकेटसमेत बरामद गरिएको थियो ।

क्लबभित्र २ सय भन्दा बढी व्यक्तिहरु भएको र जसमध्ये १ सय १४ जना गैरकानुनी रुपमा अमेरिकामा बसोबास गर्दै आएको पुलेनले बताए । प्रहरीको टोलीले अमेरिकी सेनाका एक दर्जनभन्दा बढी सक्रिय सदस्यहरुलाई पनि नाइट क्लबबाटै हिरासतमा लिएको युएसए टुडेलले जनाएको छ ।

अमेरिकी अध्यागमन र भन्सार प्रवर्तनले गैरकानुनी रुपमा रहेका आप्रवासीलाई नियन्त्रणमा राखेको र पक्राउ परेका सेनाका सक्रिय कर्मचारीमाथि सेनाको अपराध अनुसन्धान महाशाखाले अनुसन्धान गर्ने उनले पुलेनले बताए ।

गत जनवरी २० मा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय न्यायाधीसका साथै राज्य र स्थानीय अधिकारीहरुसँग विवाद गर्दै गैआप्रवसीलाई निष्कासन अभियान चलाइरहेका छन् । ट्रम्पले सामूहिक निष्कासनको लागि दबाब दिइरहेका बेला संघीय अधिकारीहरुले अमेरिकाभर छापालाई तीव्रता दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकाको टेक्सस राज्यमा भइरहेको बहुप्रतिक्षित सिनेट चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार केन पाक्सटन पराजित हुने आशङ्का बढेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिल्यैदेखि दोषारोपण सुरु गरेका छन्। सन् १९८८ यता टेक्ससबाट कुनै पनि डेमोक्र्याट उम्मेदवार सिनेटमा विजयी नभएको इतिहासमा यदि यसपटक रिपब्लिकन उम्मेदवार हारेमा त्यसको जिम्मेवार आफ्नै पार्टीका नेताहरू हुने ट्रम्पले दाबी गरेका छन्। ट्रम्पको निशानामा जोन कोर्नि र कार्ल ...
। रुसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार गएको भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले गल्तीले ९.९ म्याग्निच्युडको भूकम्प आउने चेतावनी जारी गरेको छ । एजेन्सीले करिब आठ मिनेटपछि उक्त चेतावनी फिर्ता लिएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार कामचट्का क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सीले भने उक्त भूकम्पलाई ६.९ म्याग्निच्युड ...
। अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ । सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ । घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि १०० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाउने विषयमा आगामी १० दिनभित्र निर्णय लिन सक्ने भएका छन्। ब्लूमबर्ग न्यू इकोनोमी फोरममा बोल्दै अमेरिकी राजदूत सर्जियो गोरले उक्त जानकारी दिएका हुन्। गोरका अनुसार भारतले प्रतिबन्धबाट छुट पाउँछ या पाउँदैन भन्ने अन्तिम निर्णय ट्रम्प आफैँले गर्नेछन्। अमेरिकी संसद्‌ले गत सेप्टेम्बर १६ मा रुसबाट तेल ...
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...