मुख्य समाचार
अमेरिकाको अवैध नाइट क्लबबाट पक्राउ परे १ सय १४ गैरआप्रवासी
अमेरिकाको अवैध नाइट क्लबबाट पक्राउ परे १ सय १४ गैरआप्रवासी

— अमेरिकाको कोलोराडो राज्यबाट आइतबार १ सय १४ जना गैरआप्रवासी एकै पटक पक्राउ परेका छन् ।


स्थानीय समयअनुसार आइतबार बिहान कोलोराडोको मुख्य सहर डेनभरबाट करिब ७० माइल दक्षिणमा पर्ने कोलोरोडो स्प्रिङ्सको एक भूमिगत नाइट क्लबमा छापा मार्ने क्रममा ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डिईए)को टोलीले एकै पटक १ सय १४ जना कागजातविहिनलाई पक्राउ गरेको हो ।


अमेरिकी संचारमाध्यम युएसए टुडेका अनुसार (डिईए)को रकी माउन्टेन डिभिजनले अप्रिल २७ मा कोलोराडो स्प्रिङ्सको भूमिगत नाइटक्लबबाट १ सय १४ जनालाई हिरासतमा लिएको र निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ ।

‘भूमिगत नाइट क्लब अवैध नाइट क्लब हो, भित्र जे भइरहेको थियो त्यो लागूपदार्थको तस्करी, वेश्यावृत्ति र हिंसाका अपराधहरु भइरहेको थियो । हामीले त्यहाँ थुप्रै बन्दुकहरुसमेत जफत गर्‍यौं,’ डीईए रकी माउन्टेन डिभिजनका विशेष एजेन्ट इन्चार्ज जोनाथन पुलेनले पत्रकार सम्मेलनमा भने ।

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस)का अधिकारीहरुले फ्लोरिडामा बहुएजेन्सी आप्रवासन प्रवर्तन कारबाही अपरेशन टाइडल वेभको पहिलो केही दिनमा लगभग आठ सय व्यक्तिहरुलाई पक्राउ गरिएको घोषणा गरेको एक दिनपछि डेनभर स्प्रिङ्समा छापा मारेको हो ।

पुलेनका अनुसार नाइट क्लबबाट कोकिन र पिंक कोकिन, ‘टुसी’ भनिने पदार्थको मिश्रणसहित दर्जनौं लागुऔषधका स–साना प्याकेटसमेत बरामद गरिएको थियो ।

क्लबभित्र २ सय भन्दा बढी व्यक्तिहरु भएको र जसमध्ये १ सय १४ जना गैरकानुनी रुपमा अमेरिकामा बसोबास गर्दै आएको पुलेनले बताए । प्रहरीको टोलीले अमेरिकी सेनाका एक दर्जनभन्दा बढी सक्रिय सदस्यहरुलाई पनि नाइट क्लबबाटै हिरासतमा लिएको युएसए टुडेलले जनाएको छ ।

अमेरिकी अध्यागमन र भन्सार प्रवर्तनले गैरकानुनी रुपमा रहेका आप्रवासीलाई नियन्त्रणमा राखेको र पक्राउ परेका सेनाका सक्रिय कर्मचारीमाथि सेनाको अपराध अनुसन्धान महाशाखाले अनुसन्धान गर्ने उनले पुलेनले बताए ।

गत जनवरी २० मा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय न्यायाधीसका साथै राज्य र स्थानीय अधिकारीहरुसँग विवाद गर्दै गैआप्रवसीलाई निष्कासन अभियान चलाइरहेका छन् । ट्रम्पले सामूहिक निष्कासनको लागि दबाब दिइरहेका बेला संघीय अधिकारीहरुले अमेरिकाभर छापालाई तीव्रता दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...