मुख्य समाचार
धरानका मेयर हर्क साम्पाङको निर्देशनमा खानेपानीको धारा काटियो
धरानका मेयर हर्क साम्पाङको निर्देशनमा खानेपानीको धारा काटियो

: धरानवासीलाई निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता जनाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक घरमा जडान गरिएको खानेपानीको धारा काटिदिएका छन्। सूचनाविनै धरान-१५ का इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो।


हर्क साम्पाङ मेयर हुनुभन्दा अघि खानेपानी प्राप्तिको आन्दोलन र २०७९ को स्थानीय निर्वाचनमा हर्कलाई जिताउन मुख्य भूमिका खेलेका तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो।


हर्क साम्पाङलाई आफूलाई धरानको मेयरमा जिताए धरानवासीलाई निःशुल्क खानेपानी वितरण गर्ने घोषणा गरेका थिए। मेयर साम्पाङको निःशुल्क खानेपानी वितरण गर्ने आसमा पानीको महसुल नतिरि बसेका तामाङको घरको खानेपानीको धारा काट्न सोमबार नगर प्रहरी परिचालन गरिएको हो।


चुनावअघि साम्पाङले गरेको चुनावी घोषणापत्र अनुसार आफ्नो घरमा जडान गरेको पानीको महसुल मिनाहा गर्न माग गर्दै धरान नगरपालिका गएका थिए। त्यहाँ मेयर साम्पाङले तामाङलाई नगर प्रहरी लगाएर दुर्व्यवहार समेत गरेका थिए।

मेयरको कार्यकक्षमा साम्पाङ र तामाङबीच भनाभन समेत भएको थियो। त्यसैलाई पूर्वाग्रह राखेर मेयर साम्पाङले खानेपानीको अभाव भइरहेको अवस्थामा खानेपानीको धारा काटेर पानी पिउनबाट वञ्चित गराएको तामाङले आरोप लगाएका छन्।

धरानका मेयर हर्क साम्पाङको निर्देशनमा तामाङको घरमा गएर खानेपानीको धारा काटिदिएको धरान नगर प्रहरीका प्रमुख मेघराज भण्डारीले बताए। उनले मेयर सापको निर्देशनमा नगर प्रहरी परिचालन गरी खानेपानीको जडान गरिएको धारा बन्द गरिएको बताए।

तामाङले धेरै समय सम्म खानेपानीको महसुल नतिरेको कारण मेयर साम्पाङले धारा काटिदिन निर्देशन दिएको भण्डारीले बताए।

इन्द्रबहादुर तामाङ र धरान-१ का बिहानसिंह श्रेष्ठ गत शुक्रबार साम्पाङको कार्यकक्षमा गएर उनी अभियन्ता हुँदा उनले गरेको ‘आह्वान’ अनुसार खानेपानीको महसुल नबुझाई बसेको जानकारी गराएका थिए।

सम्पाङले आफूलाई मेयरमा जिताए धरानवासीलाई खानेपानी निःशुल्क खुवाउने प्रतिबद्धता जनाएका थिए। तामाङले साम्पाङले खानेपानी निःशुल्क खुवाउने भनेपछि आफूले साम्पाङलाई चुनाव जिताउन रातदिन खटेको बताए। साम्पाङ नगर प्रमुख भएपछि समेत ज्ञापनपत्र बुझाउँदै खानेपानीको महसुल मिनाहा गर्न अनुरोध गर्दा हुन्छ भनेको तामाङले बताए।

हाल तामाङको खानेपानीको महसुल रकम ४३ हजार र बिहानसिंहको ३९ हजार बक्यौता रहेको छ। तामाङको घरमा खानेपानीको धारा काटिएको विषयमा बुझ्न पटक-पटक फोन गर्दा साम्पाङले फोन उठाएनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ । पर्वत र बागलुङ ...
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) बूढीगण्डकीमा बाढी आएको सूचना प्राप्त गरेलगत्तैदेखि सरकारका अंगहरूले विपद् प्रतिकार्यका काम गरिरहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् । उनले गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा आज बिहान गएको पहिरोको कारण बूढीगण्डकी नदीमा लेदोसहित बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन् । ‘बाढीमा परी ५ ...
: बूढानीलकण्ठ–१० कपनस्थित बाल उद्वार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र घर भएर काठमाडौंको कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली घर भएर कपनमै बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्। गत असोज २२ गते बिहान करिब १०ः३४ बजे विद्यालय परिसरमा प्रधानाध्यापकमाथि कुटपिट ...
। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले निम्त्याएको विनाश भोटेकोशी र त्रिशूली महाविपत्तिकै मिनि संस्करण जस्तो देखिएको बताएका छन्। आइतबार बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पीडितहरूसँगको संवादपछि उनले यस्तो बताएका हुन्। आइतबार डा. भट्टराईले बाढीबाट प्रभावित गोरखाको आरुघाट बजार, शान्तिबजारलगायतका क्षेत्रको पुगेर स्थलगत अध्ययन गरेका थिए। सो क्रममा उनले गण्डकी प्रदेशका ...
: गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रस्थित बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरूको उद्धार र राहत कार्यलाई सरकारले तीव्रता दिएको बताएका छन्। आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठकपछि मन्त्री गुरुङले राहत सामग्रीसहित उद्धारको काम भइरहेको जानकारी दिएका हुन्। उनले बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेकाले सोलारमार्फत बत्ती र टेलिफोन सेवा सुचारु गर्ने काम ...