मुख्य समाचार
रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या
रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या

— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ ।


सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो ।


ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट निजी जग्गा भाडा लिएर सञ्चालन गरिरहेको महोत्सवका संयोजक लखन स्वारले बताए ।

‘गत वर्षसम्म ५ नंम्बर वडामा अवस्थित रुक्मिणी माध्यमिक विद्यालयको मैदानमा महोत्सव हुन्थ्यो । यसवर्ष विद्यालयले त्यहाँ कार्यक्रम गर्न नदिएपछि बाहिर गर्नुपर्‍यो । छिप्रिदह छेउको गहुँबारी भाडामा लिएर कार्यक्रम गरिरहेका छौं,’ उनले भने, ‘चार जनाको जग्गामा प्रतिव्यक्ति ५ देखी १० हजारसम्म तिरेर १५ दिनका लागि कूल ५० हजार रुपैयाँमा भाडामा लिएर कार्यक्रम गर्नुपरेको छ ।’

अघिल्ला वर्षसम्म महोत्सव गर्न दिएको विद्यालयले यस वर्षदेखि भने पठनपाठनमा असर पर्ने भएकाले अनुमति नदिएको रुक्मिणी मावि शिक्षक–अभिभावक संघका अध्यक्ष फणिन्द्र आचार्यले बताए ।


रुकुमकोटमा कार्यक्रम तथा खेलकुद गतिविधि सञ्चालन गर्न विद्यालयको यही मैदानबाहेक अरु ठाउँ नभएको भन्दै सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले यो समस्या समाधानका लागि कोशिस भने गरिरहेको बताए ।

‘वडा नं. ६ स्थित ढकलबारामा ३१ सय वर्गमिटर जग्गा खरिद गरिरहेका छौं । अहिलेसम्म यसमध्ये आधा सरकारी नाममा भए पनि बाँकी जग्गा सरकारीकरण गर्न सकिएको छैन,’ रेउले भन्छन्, ‘त्यस्तै रुकुमकोटमै बसपार्कका लागि भनेर खरिद गरिएको ४५ सय वर्गमिटर जग्ग्गा त छ तर त्यो पनि सरकारीकरण गर्न नसक्दा समितिको नाममा छ ।’



निजी जग्गालाई सरकारले खरिद गर्ने कानुनी व्यवस्था नभएको र अरु उपाय लगाएर सरकारको नाममा पास गर्न खोज्दा पनि कानुनी र प्रक्रियागत झन्झट रहेको बताए । रुकुमकोट र आसपासमा सार्वजनिक स्थानहरु भए पनि ती कोही पायक पर्ने ठाउँमा छैनन् । भएका केही चाहिँ पर्याप्त नभएका कारण यस्ता मेला–महोत्सव गर्न ठाउँ अभाव छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारले निरन्तर राष्ट्रिय गौरवको आयोजनाका रूपमा बजेट खन्याइरहेको आयोजना हो— काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) । औपचारिक रूपमा यसको थालनी भएको मिति २०७४ वैशाख हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको निर्णयबाट त्यतिबेला आयोजना निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको थियो । तर सेनाको दाबी छ— पुरानो विस्तृत परियोजना रिपोर्ट (डीपीआर) ले नभएपछि हामीले फेरि बनाउनुपर्‍यो । र, मन्त्रिपरिषद्बाट स्वीकृति गराएर ...
२३ र २४ भदौको जेन–जी आन्दोलनबाट तत्कालीन सरकार सत्ताच्युत भएपछि २७ भदौमा सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो ।
— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या समाधान गर्दै यहाँको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका उनले मधेसमा रहेका विद्यमान समस्या समाधानका लागि आफूले सधैँ सहयोग गर्ने बताए । यही माघ १२ गते मतदाता भेट्न यहाँ आएका सभापति थापाले ...
— पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका-१ सत्रसयमा शुक्रबार साँझ ७ बजेर १० मिनेटतिर इभी माइक्रो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.प्र. ०१–००२ज८५१८ नम्बरको इभी माइक्रो चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा सवार १२ जनामध्ये २ जनाको अवस्था गम्भीर, ४ जनाको ...
— गत भदौ २३–२४ मा भएको जेन्जी-आन्दोलन पछि पहिलोपटक कर्णाली प्रदेशसभा बैठक (आज) आइतबार बस्दैछ । हिउँदे अधिवेशनको बैठक दिउँसो १ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । ९ माघमा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि चालु आर्थिक वर्ष २०८२/०८३ को ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम