मुख्य समाचार
विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले ११ औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता
विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले ११ औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता

: विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११ औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन्।


आफूहरूसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरूले माइतीघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन्। नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।


महासंघ र सरकारबीच निरन्तर छलफल भएपनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन। महासंघले संसदको वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ।


आफ्ना नयाँ कुनै माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षाकोठामा नफर्कने भन्दै उनीहरूले शैक्षिक हडताल समेत गरेका छन्। जसका कारण शैक्षिक गतिविधि ठप्प भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले जेनजी युवाहरूको माग पूरा गर्ने पार्टी राप्रपामात्रै भएको बताएका छन्। शनिबार राप्रपा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को भेलालाई सम्बोधन गर्दै थापाले युवाहरूले अघि सारेको सुशासन र भ्रष्ट व्यवस्थाको अन्त्यको मुद्दा राप्रपाको समेत मुद्दा भएकाले यसलाई आफ्नो पाटीले मात्रै पूरा गर्नसक्ने बताएका छन्। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट ...
: कोशी प्रदेशमा आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको छ। निर्वाचन अधिकृतको कार्यालयले प्रशासनिक, प्राविधिक र सुरक्षासम्बन्धी सबै तयारी पूरा भएको जनाएको छ। मतदान शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले बताए। उनका अनुसार यसपटक कोशी प्रदेशबाट महिला ...
— नेपालकै पहिलो रेल सेवाको ऐतिहासिक विरासतलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वीरगन्ज महानगरले वीरगन्जस्थित रेल संग्रहालय स्थापना गर्ने तयारी औपचारिक रूपमा अघि बढाएको छ । हालको वीरगन्ज महानगरस्थित घण्टाघरमा रहेको प्रस्तावित बीपी उद्यानमा यो संग्रहालय बनाउने योजना महागनरपालिकाको कार्यालयले अघि सारेको हो । यसैको प्रयास स्वरूप प्रस्तावित बीपी उद्यानको जग्गामा शनिबार बृहत् सरसफाइ अभियान सञ्चालन ...
— इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । आज साँझ इटहरी–४ गैरी गाउँका पूर्णप्रसाद राईको ट्रकको ठक्करबाट मृत्यु भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । राईको मृत्यु भएपछि प्रहरीले आफन्तबिना नै मुचुल्का उठाएको भन्दै ठूलो संख्यामा उपस्थित स्थानीय तोडफोड र आगजनीमा उत्रिएका छन् । आक्रोशित स्थानीयले ...
— संस्थापक र सर्वसाधारणको सेयरका लागि एउटै ‘इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेशन नम्बर (आईजीन) माग गर्दै पियोर इनर्जी लिमिटेडले पेस गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । दोहोरो आईजीनविरुद्ध अन्तरिम आदेश माग गर्दै उक्त कम्पनीले दिएको रिटमा न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारी र नारायणप्रसाद सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ...