मुख्य समाचार
आन्दोलनरत शिक्षकहरूका माग संसद् बस्ने पहिलो दिन सम्बोधन गर्ने गरी सहमति खोज्नुपर्ने
आन्दोलनरत शिक्षकहरूका माग संसद् बस्ने पहिलो दिन सम्बोधन गर्ने गरी सहमति खोज्नुपर्ने

। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकहरूका माग संसद् बस्ने पहिलो दिन सम्बोधन गर्ने गरी सहमति खोज्नुपर्ने बताएका छन् । शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सरकारसँग आफ्ना माग पूरा गराउन निरन्तर प्रदर्शन गर्दैै आएका छन् ।

दाङमा शुक्रबार भएको नेपाली कांग्रेसको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले शिक्षकको आन्दोलन र सम्बोधन गर्नुपर्ने सातबुँदा राखे । महामन्त्री शर्माले अध्यादेश ल्याएर शिक्षकका माग पुरा गर्दा संवैधानिक प्रश्न उठ्ने बताए ।

‘प्रक्रियामा थप १ महिना अरु समय लाग्दा फरक पर्दैन । शिक्षक महासंघ संसदीय समितिमा विचाराधीन विधेयकलाई अध्यादेश मार्फत जारी गर्दा निश्चय नै संवैधानिक र कानुनी प्रश्न उठ्छ भन्ने वास्तविकता प्रति स्पष्ट रहनुपर्छ,’ शर्माले भने ।

विधेयक संसद्को आगामी अधिवेशन शुरु हुने पहिलो दिन नै पेश गर्ने गरी सहमतिमा खोज्नुपर्ने उनले बताए । शिक्षा विधेयक समयमै संसदीय समितिबाट पारित गरेर अघि बढ्न भएको ढिलाइमा एक दलले अर्को दललाई दोष लगाएर हामी उम्किन नमिल्ने महामन्त्री शर्माले बताए ।

महामन्त्री शर्माले शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले तदरुकता लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए । उनले स्पष्टीकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिए । आयोगले ...
— नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले रास्वपाले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै चन्दले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाएका हुन् । महासचिव चन्दले नयाँ पार्टीहरूले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगिकार गरेको ...
— प्रतिनिधिसभा निर्वाचनकालागि स्याङ्जामा माग गरे अनुसार निर्वाचन प्रहरीको आवेदन नपरेपछि पूर्वी नवलपरासीबाट ३ सय जनालाई पठाइएको छ । जिल्ला प्रहरी प्रमुख युवराज खड्काका अनुसार यहाँ छनौट भएका ३ सय जना निर्वाचन प्रहरीलाई आइतबार स्याङ्जा पठाइएको हो । फागुन २१ गतेकाे निर्वाचनकालागि जिल्ला प्रहरीले करिब २ हजार निर्वाचन प्रहरी भर्ना गरेको छ। तीमध्ये स्याङ्जाको माग अनुसारको त्यहाँ पठाइएको ...
— सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ । अध्यागमन कार्यालय र नेपाल पर्यटन बोर्डद्वारा जारी तथ्यांकअनुसार उक्त महिनामा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीअघि २०१९ को जनवरीसँग तुलना गर्दा पनि पर्यटक आगमन १४ प्रतिशतले वृद्धि भएको ...
— नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । रेडक्रसको चिह्न जेनेभा महासन्धिअनुसार अन्तर्राष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको आज महामन्त्री मीनबहादुर मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 'आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको ...