मुख्य समाचार
आन्दोलनरत शिक्षकहरूका माग संसद् बस्ने पहिलो दिन सम्बोधन गर्ने गरी सहमति खोज्नुपर्ने
आन्दोलनरत शिक्षकहरूका माग संसद् बस्ने पहिलो दिन सम्बोधन गर्ने गरी सहमति खोज्नुपर्ने

। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकहरूका माग संसद् बस्ने पहिलो दिन सम्बोधन गर्ने गरी सहमति खोज्नुपर्ने बताएका छन् । शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सरकारसँग आफ्ना माग पूरा गराउन निरन्तर प्रदर्शन गर्दैै आएका छन् ।

दाङमा शुक्रबार भएको नेपाली कांग्रेसको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले शिक्षकको आन्दोलन र सम्बोधन गर्नुपर्ने सातबुँदा राखे । महामन्त्री शर्माले अध्यादेश ल्याएर शिक्षकका माग पुरा गर्दा संवैधानिक प्रश्न उठ्ने बताए ।

‘प्रक्रियामा थप १ महिना अरु समय लाग्दा फरक पर्दैन । शिक्षक महासंघ संसदीय समितिमा विचाराधीन विधेयकलाई अध्यादेश मार्फत जारी गर्दा निश्चय नै संवैधानिक र कानुनी प्रश्न उठ्छ भन्ने वास्तविकता प्रति स्पष्ट रहनुपर्छ,’ शर्माले भने ।

विधेयक संसद्को आगामी अधिवेशन शुरु हुने पहिलो दिन नै पेश गर्ने गरी सहमतिमा खोज्नुपर्ने उनले बताए । शिक्षा विधेयक समयमै संसदीय समितिबाट पारित गरेर अघि बढ्न भएको ढिलाइमा एक दलले अर्को दललाई दोष लगाएर हामी उम्किन नमिल्ने महामन्त्री शर्माले बताए ।

महामन्त्री शर्माले शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले तदरुकता लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायल रोजगारीका लागि आवश्यक मानिएको अंग्रेजी भाषा परीक्षा व्यवस्थापनमा देखिएको प्राविधिक समस्या, परीक्षार्थीको गुनासोपछि परीक्षा स्थगित गरिएको थियो । त्रिपुरेश्वरस्थित सीआईआईएन मार्फत सञ्चालन भइरहेको परीक्षा स्थगनसँगै १७ हजारभन्दा बढी नेपाली युवा प्रभावित भएका छन् । केयरगिभर (इजरायल) रोजगारीका लागि अनिवार्य गरिएको आधारभुत तहको अंग्रेजी भाषा प्रमाणपत्र (क्याम्ब्रिज अपस्किल्स इंग्लिस टेस्ट) अन्तर्गत परीक्षा दिएका परीक्षार्थीले व्यवस्थापन, शुल्क ...
। परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाफ दिएका छन् । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए । त्यसदिन प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हरेरफेर गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यलाई अर्बौं नोक्सानी पुर्‍याएको आरोप लगाएका छन् । ‘बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईंले सहयोग गर्नुहोस्’ शाहीले ...
। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा नदी क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गर्दा ‘क्रस बोर्डर अकुपेसन’ समस्या उत्पन्न भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे धारणा राख्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् । ‘सम्मानीय प्रधानमन्त्री ज्युले संसद्मा प्रस्तुत गर्नुभएको विषय मूलत: दशगजा क्षेत्र अतिक्रमण र क्रसबोर्डर अकुपेसनसँग सम्बन्धित छन्,’ मन्त्री खनालले भने, ...
। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपालले भारतको सीमा मिचेको विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका छन् । विपक्षीले प्रधानमन्त्रीले नै यसबारे जवाफ दिनुपर्ने अडान राखे पनि अन्तिममा परराष्ट्रमन्त्रीले जवाफ दिने भएपछि विपक्षीले सदन चलाउन सहमति भएका थिए । आज बैठकमा मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको विषयमा लक्षित भएको बताए । ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर ...