मुख्य समाचार
मोहम्मद सलाहले लिभरपुलसँगको सम्झौता नवीकरण
मोहम्मद सलाहले लिभरपुलसँगको सम्झौता नवीकरण

: इजिप्टका स्टार फर्वाह मोहम्मद सलाहले लिभरपुलसँगको सम्झौता नवीकरण गरेका छन्। उनले लिभरपुलसँग २ वर्षको सम्झौता नवीकरण गरेका हुन्। उनको पछिल्लो सम्झौता समरमा सकिएपश्चात उनी लिभरपुलमा बस्ने नबस्ने कुराले निकै चर्चा कमाएको थियो। उनी साउदी अरब जाने हल्लाबीच उनले लिभरपुलसँगको सम्झौता नवीकरण गरेका हुन्।


३२ वर्षीय सलाहले लिभरपुलका लागि ३९४ खेल खेल्दै २४३ गोल र १०९ असिस्ट गरेका छन्। उनले लिभरपुलसँगको सम्झौता नवीकरण गरिसकेपछि पत्रकारसँग बोल्दै भने, ‘म निकै उत्साहित छु। हामीसँग एक उत्कृष्ट टिम रहेको छ। पहिला पनि उत्कृष्ट टिम रहेको थियो। मैले यहाँ सम्झौता नवीकरण गर्नुको कारण हामी अझै पनि उपाधि जित्न सक्छौं भन्ने लागेर हो। म यहाँ मेरो फुटबल करिअरको मजा लिइरहेको छु। मैले यहाँ ८ वर्ष खेलें। आशा छ, अब १० वर्ष हुनेछ।’


उनले लिभरपुलमा रहेर आफूले फुटबलको करिअरको उत्कृष्ट समय बिताइरहेको बताएका छन्। उनले यो सिजन लिभरपुलका लागि ३२ गोल गरेका छन्। जसमा २७ प्रिमियर लिगमा गरेका छन्। लिभरपुल हाल प्रिमियर लिगको २० औं उपाधिको दौडमा रहेको छ।


२०१७ मा लिभरपुलमा आबद्ध भएका सलाहले यो टिमसँग रहेर च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप र फिफा क्लब विश्वकप जितेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...