मुख्य समाचार
दिल्लीको अपराजित यात्रा कायमै
दिल्लीको अपराजित यात्रा कायमै

। केएल राहुल र ट्रिस्टन स्टब्सले शतकीय साझेदारी बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ । दिल्ली यस संस्करणमा हालसम्म अपराजित रहने एकमात्र टिम हो ।

बेंगलुरुले दिएको १६४ रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । केएल राहुलले अविजित ९३ रनको पारी खेले । ट्रिस्टन स्टब्सले अविजित ३८ रन बनाए ।


५८ रनमा ४ विकेट गुमेपछि राहुल र स्टब्स मिलेर १११ रनको शतकीय साझेदारी गर्दै जित दिलाए । बेंगलुरुका भुवनेश्वर कुमारले २ विकेट लिँदा यश दयाल र सुयाश शर्माले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । फिल साल्टले सर्वाधिक ३७ तथा टिम डेभिडले अविजित ३७ रन बनाए । कप्तान रजत पाटिदारले २५ तथा विराट कोहलीले २२ रन बनाए ।

३ ओभरमै ५० रन पुर्‍याएको बेंगलुरुले त्यसपछि फिल साल्टको वसकेट गुम्दा लय गुमाएको थियो भने पावरप्लेमा ६४-२ को अवस्थामा भएपनि बलियो योगफल भने खडा गर्न सकेन ।

दिल्लीका लागि विपराज निगम र कूलदीप यादवले २-२ तथा मुकेश कुमार र मोहित शर्माले १-१ विकेट लिए ।

यस जितसँगै ४ खेलमा ४ जितसहित ८ अंक भएको दिल्ली अंकतालिकामा दोस्रो स्थानमा यथावत् छ भने ५ खेलमा ६ अंक भएको बेंगलुरु तेस्रो स्थानमा यथावत् छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...