मुख्य समाचार
अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने
अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने

। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ।

ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ ।


बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा समावेश नगरिएको भन्दै त्यसलाई पनि समावेश गर्ने स्पष्ट पारेको हो ।

यसअघि चीनले पनि अमेरिकाबाट आयात हुने सामानहरूमा ८४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको थियो।


बुधबार ट्रम्पले आफ्नो विस्तृत भन्सार शुल्क योजनामा परिवर्तन ल्याउँदै चीन बाहेक सबै उच्च दरमा भन्सार शुल्क लगाइएका देशहरूमा ९० दिनसम्म भन्सार शुल्क स्थगन गर्ने निर्णय गरेका थिए । तर ती सबै देशहरूमा १० प्रतिशतको आधारभूत भन्सार शुल्क भने लागू नै हुनेछ।

चीनमाथि १४५ प्रतिशत भन्सार शुल्क लगाउनुको सरल अर्थ हो– चीनमा उत्पादित १०० डलरको सामान अब अमेरिका पुग्दा २४५ डलर पर्नेछ। जसका कारण अमेरिकामा चिनियाँ सामान महँगो हुने र त्यसको बिक्री घट्ने सम्भावना छ। यता चीनले पनि अमेरिकामाथि जवाफी ८४ प्रतिशत भन्सार शुल्क लगाएको छ।

चीनको प्रतिक्रिया: झुक्दैनौं, अन्तिमसम्म लड्नेछौं

भन्सार शुल्क युद्ध चर्किंदै जाँदा चीनले विहीबार प्रतिक्रिया दिँदै अमेरिका सामु ‘जबरजस्ती’ झुक्ने होइन, अन्तिमसम्म लड्ने बाटो रोज्ने बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्, ‘चीन उक्साहटबाट डराउँदैन, हामी पछि हट्दैनौं।’

अमेरिकी भन्सार शुल्क विवादसँगै सेयर बजार र कच्चा तेलको मूल्यमा गिरावट आएको छ ।
माओ निङले सामाजिक सञ्जालमा थुप्रै पोस्टहरू सेयर गरेकी थिइन् । तिनमध्ये एउटा पोस्टमा पूर्व चिनियाँ नेता माओत्से तुङको सन् १९५३ को भिडियो पनि थियो, जहाँ उनले भनेका थिए, ‘हामी चिनियाँ हौं। हामी उक्साहटबाट डराउँदैनौं। हामी कहिल्यै पछि हट्दैनौं।’

यो भिडियो कोरियाली युद्धको समयको हो, जब अमेरिका र चीन अप्रत्यक्ष रूपमा आमनेसामने थिए।

भिडियोमा माओले भनेका छन्, ‘यो युद्ध कति लामो चल्छ भन्ने कुरा हामीले तय गर्न सक्दैनौं। त्यो राष्ट्रपति ट्रुम्यान, आइजनहावर वा नयाँ राष्ट्रपति कुन हुन्छ भन्नेमा भर पर्छ। चाहे यो युद्ध जतिसुकै लामो किन नहोस्, हामी कहिल्यै झुक्दैनौं। हामी पूर्ण विजय नहुन्जेल लडिरहनेछौं।’

माओ निङले अर्को पोस्टमा एउटा चित्र सेयर गरेकी थिइन्, जसमा मूल्य महँगो भए पनि अमेरिकीहरूले चिनियाँ सामान नै किनिरहेका देखाइएको थियो ।

अमेरिकी सेयर बजारमा गिरावट

अमेरिकी भन्सार शुल्क विवादसँगै सेयर बजारमा गिरावट आएको छ । अमेरिकी सरकारी बन्ड बजारमा पुनः बिक्री सुरु भएको छ। शेयर बजारको नास्ड्याक कम्पोजिट इन्डेक्समा करिब ७ प्रतिशतको गिरावट आएको छ। एप्पल, एनभिडिया लगायतका थुप्रै कम्पनीका सेयरहरू पनि घटेका छन्।

तेलको मूल्यमा पनि गिरावट देखिएको छ । करिब ४ प्रतिशतको गिरावट आउँदा कच्चा तेलको मूल्य ६३ डलर प्रति ब्यारेलभन्दा तल झरेको छ।

ट्रम्पले पहिलोपटक फेब्रुअरी १ मा चिनियाँ सामानमा १० प्रतिशत भन्सार शुल्क लगाएका थिए, जुन मार्च ३ मा २० प्रतिशत, अप्रिल २ मा ५४ प्रतिशत र अप्रिल ९ मा १०४ प्रतिशत पुर्‍याइएको थियो। अन्ततः अप्रिल १० मा यसलाई बढाएर १४५ प्रतिशत बनाइएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...