मुख्य समाचार
नवनियुक्त नेपाली राजदूतले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश
नवनियुक्त नेपाली राजदूतले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश

: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे ।


समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री के.पी. शर्मा ओली र नेपाली जनताको तर्फबाट डेनिस राजालाई सुस्वास्थ्य, दीर्घायूको कामना गर्दै डेनिस जनताको उन्नति, समृद्धि र कल्याणको शुभकामना व्यक्त गरिन् ।


नेपाल र डेनमार्कबीचको द्विपक्षीय सम्बन्धका विविध पक्षहरूबारे गहन छलफल भएको शिष्टाचार भेटका क्रममा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा जोड दिइएको थियो । सो अवसरमा डेनिस राजा फ्रेडेरिकले आफू युवराज हुँदा सन् २०१५ मा नेपाल भ्रमण गरेको सम्झना गरे । विनाशकारी भूकम्पपछिको राहत कार्यक्रमको अवलोकन गर्दै त्यतिखेर उनले पश्चिम नेपालको भ्रमण गरेका थिए।


भेटवार्ताका क्रममा डेनिस राजा फ्रेडरिकले जलवायु परिवर्तन र यसले हिमाली क्षेत्रहरूमा पारेको नकारात्मक प्रभावप्रति चिन्ता व्यक्त गर्दा राजदूत तुलाधरले हिमाल पग्लिने दर र हिमश्रृङ्खलामा यसको असरमाथि केन्द्रित रहेर नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय फोरम ‘सगरमाथा संवाद (एभरेस्ट डाइलग)' बारे जानकारी गराइन् ।

समारोहमा डेनिस राजपरिवारका सदस्यहरू, राजदूत तुलाधरका श्रीमान मानव अधिकारकर्मी गौरी प्रधान तथा दूतावासका कूटनीतिक कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले थप ८० नेपालीलाई निष्कासन गरेको छ। ओमनी इन्टरनेशनको OAE3943 नम्बरको चार्टर्ड विमानले बंगलादेशको ढाका हुँदै उनीहरूलाई नेपाल छाडेको हो। स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको ...
। मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका हुन् । मलेसियामा हाल न्यूनतम १ हजार ७ सय रिंगिट तलब तोकिएको छ । तर, कतिपय सुरक्षा गार्डले त्यति पनि पाएका छैनन् । हाल १ ...
: कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सामान्य परिवारमा हुर्किएका २३ वर्षीय दिनेश नायक परिवारको आर्थिक अवस्था सुधार्ने उज्यालो भविष्यको सपना बोकेर २०८० असारमा अध्ययन भिसामा रुस उडे। दिनेशका बुबा कर्णसिंह नायकका अनुसार दिनेश २०८० असार ८ गते घरबाट रुसका लागि बिदा भएका थिए। काठमाडौंंको एक साता बसाइपछि रुस उडे। रुस पुगेपछि कलेजमा भर्ना पनि भएका थिए। होस्टेलमा ...
: भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ। मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले अन्नपूर्ण पोस्टसँग बताए। द न्यूज हिमाचलका ...
— उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको ...