मुख्य समाचार
नवनियुक्त नेपाली राजदूतले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश
नवनियुक्त नेपाली राजदूतले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश

: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे ।


समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री के.पी. शर्मा ओली र नेपाली जनताको तर्फबाट डेनिस राजालाई सुस्वास्थ्य, दीर्घायूको कामना गर्दै डेनिस जनताको उन्नति, समृद्धि र कल्याणको शुभकामना व्यक्त गरिन् ।


नेपाल र डेनमार्कबीचको द्विपक्षीय सम्बन्धका विविध पक्षहरूबारे गहन छलफल भएको शिष्टाचार भेटका क्रममा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा जोड दिइएको थियो । सो अवसरमा डेनिस राजा फ्रेडेरिकले आफू युवराज हुँदा सन् २०१५ मा नेपाल भ्रमण गरेको सम्झना गरे । विनाशकारी भूकम्पपछिको राहत कार्यक्रमको अवलोकन गर्दै त्यतिखेर उनले पश्चिम नेपालको भ्रमण गरेका थिए।


भेटवार्ताका क्रममा डेनिस राजा फ्रेडरिकले जलवायु परिवर्तन र यसले हिमाली क्षेत्रहरूमा पारेको नकारात्मक प्रभावप्रति चिन्ता व्यक्त गर्दा राजदूत तुलाधरले हिमाल पग्लिने दर र हिमश्रृङ्खलामा यसको असरमाथि केन्द्रित रहेर नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय फोरम ‘सगरमाथा संवाद (एभरेस्ट डाइलग)' बारे जानकारी गराइन् ।

समारोहमा डेनिस राजपरिवारका सदस्यहरू, राजदूत तुलाधरका श्रीमान मानव अधिकारकर्मी गौरी प्रधान तथा दूतावासका कूटनीतिक कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...
: दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा ...