मुख्य समाचार
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट दिपेन्द्रसिंह ऐरीको फेरि नयाँ विश्व कीर्तिमान
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट दिपेन्द्रसिंह ऐरीको फेरि नयाँ विश्व कीर्तिमान

: नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म कुनैपनि खेलमा डकआउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन्। उनले ७६ खेलमा ६६ पारी खेल्दा कुनै पनि पारीमा डकआउट भएका छैनन्।


उनले बिहीबार बिहान भएको कुवेतसँगको खेलमा दिपेन्द्रले १२ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ३१ रन बनाएका थिए। उनले आक्रामक पारी खेल्दै खेललाई नेपालको पक्षमा पारेका थिए। उनले हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल खेलिसक्दा यो कीर्तिमान बनाएका हुन्। null


डक नहुने खेलाडीको सूचीको दोस्रो स्थानमा वेष्ट इन्डिजका दाँया हाते ब्याटर मार्लोन स्यामुइल रहेका छन् । उनले ६७ खेलमा ६५ पारीमा हालसम्म डकआउट भएका छैनन्। तेस्रो स्थानमा श्रीलंकाका लोकुगे दिनेश चान्दिमालले ६१ पारीमा डक आउट नभई तेस्रो स्थानमा रहेका छन्।


सिंह टी २० मा हालसम्म एक इनिङ्समा उच्च स्ट्राइक रेटमा खेल्ने खेलाडीको लिष्टमा पनि शीर्ष स्थानमा रहेका छन्। उनले १९ औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए। उनको त्यो रेकर्ड कसैले तोड्न सक्दैन। त्यो रेकर्ड बराबरी मात्रै हुन सक्छ । उनले भारतीय स्टार ब्याटर युवराज सिंहको १२ बलमा अर्धशतक प्रहार गर्ने कीर्तिमान तोडेका थिए। null

सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीको सूचीमा दिपेन्द्र शीर्ष स्थानमा छन् भने युवराज सिंह दोस्रो स्थानमा रहेका छन्। उनले ६ बलमा ६ छक्का प्रहार गर्ने एक खेलाडीमा उनी पनि एक हुन्।

‘ट्राइगर’ को उपनाम पाएका दिपेन्द्र निकै छरिता खेलाडी हुन्। उनले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ७६ वटा खेल खेल्दा ४९ विकेट लिएका छन्। जसमा ६ विकेट कट एण्ड बोल्ड मार्फत लिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...