मुख्य समाचार
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट दिपेन्द्रसिंह ऐरीको फेरि नयाँ विश्व कीर्तिमान
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट दिपेन्द्रसिंह ऐरीको फेरि नयाँ विश्व कीर्तिमान

: नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म कुनैपनि खेलमा डकआउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन्। उनले ७६ खेलमा ६६ पारी खेल्दा कुनै पनि पारीमा डकआउट भएका छैनन्।


उनले बिहीबार बिहान भएको कुवेतसँगको खेलमा दिपेन्द्रले १२ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ३१ रन बनाएका थिए। उनले आक्रामक पारी खेल्दै खेललाई नेपालको पक्षमा पारेका थिए। उनले हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल खेलिसक्दा यो कीर्तिमान बनाएका हुन्। null


डक नहुने खेलाडीको सूचीको दोस्रो स्थानमा वेष्ट इन्डिजका दाँया हाते ब्याटर मार्लोन स्यामुइल रहेका छन् । उनले ६७ खेलमा ६५ पारीमा हालसम्म डकआउट भएका छैनन्। तेस्रो स्थानमा श्रीलंकाका लोकुगे दिनेश चान्दिमालले ६१ पारीमा डक आउट नभई तेस्रो स्थानमा रहेका छन्।


सिंह टी २० मा हालसम्म एक इनिङ्समा उच्च स्ट्राइक रेटमा खेल्ने खेलाडीको लिष्टमा पनि शीर्ष स्थानमा रहेका छन्। उनले १९ औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए। उनको त्यो रेकर्ड कसैले तोड्न सक्दैन। त्यो रेकर्ड बराबरी मात्रै हुन सक्छ । उनले भारतीय स्टार ब्याटर युवराज सिंहको १२ बलमा अर्धशतक प्रहार गर्ने कीर्तिमान तोडेका थिए। null

सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीको सूचीमा दिपेन्द्र शीर्ष स्थानमा छन् भने युवराज सिंह दोस्रो स्थानमा रहेका छन्। उनले ६ बलमा ६ छक्का प्रहार गर्ने एक खेलाडीमा उनी पनि एक हुन्।

‘ट्राइगर’ को उपनाम पाएका दिपेन्द्र निकै छरिता खेलाडी हुन्। उनले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ७६ वटा खेल खेल्दा ४९ विकेट लिएका छन्। जसमा ६ विकेट कट एण्ड बोल्ड मार्फत लिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...