मुख्य समाचार
नेपाली सेनाले गोरखा दरबारदेखि जितगढीसम्मको पदयात्रा सुरु
नेपाली सेनाले गोरखा दरबारदेखि जितगढीसम्मको पदयात्रा सुरु

: ऐतिहासिक पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्दै आएको नेपाली सेनाले बिहीबार गोरखा दरबारदेखि जितगढीसम्मको पदयात्रा सुरु गरेको छ। आठ दिने ऐतिहासिक पदमार्गको यात्रामा निस्केको नेपाली सेनाको टोलीलाई बिहीबार गोरखा दरबारमा औपचारिक कार्यक्रम गरी बिदाइ गरिएको छ।


नेपाली सेनाले सो रुटमा गरेको पदयात्राको यो तेस्रो संस्करण हो। ऐतिहासिक पदमार्गमा पदयात्रा गर्ने सेनाका ४८ जनालाई बिहीबार बिहान ९ बजे पश्चिम पृतना पोखराका पृतनापति उपरथि मधुकर सिंह कार्की, श्री नं. ३ बाहिनीपति सहायकरथि नुरेन्द्र मल्ल, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतले बिदाइ गरेका थिए। उनीहरूले नेपाली सेनाका स्थापना कालका पाँच कम्पनीका झण्डा र टर्च लाइट प्रदान गरी बिदाइ गरेका हुन्।


सो अवसरमा गोरखनाथ तथा गोरखकालीका पुजारी, गुरुकुलका पुरोहितहरूले मन्त्र वाचन गरेर र महिला समूहको पञ्चेबाजा, नेपाली सेनाको ब्याण्ड बाजा समूहले बाजागाजासहित बिदाइ गरेका थिए। नेपाली सेनाको आयोजना र स्थानीय तहहरूको सहयोगमा गोरखा–तनहुँ–पाल्पा हुँदै जितगढीसम्मको आठ दिने पदयात्रा गर्न लागेको हो।


२०७९ सालदेखि सुरु गरिएको यो पदयात्रा अहिले तेस्रो पटक भएको हो। ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने, इतिहास जोगाउने क्रममा पदयात्रा गर्न लागेको रिपुमर्दन गणका गणपति अशोक क्षेत्रीले बताए। यात्रामा सहभागी सो गणका ४८ जना नेपाली सेनाको टोलीले गोरखादेखि जितगढीसम्मको दुईसय सात किलोमिटर दूरी आठ दिनमा पूरा गर्नेछन्।

गोरखा दरबारबाट चैत २७ गते सुरु भएको यात्रा पालुङ्टार सतिघाटबाट तनहुँलाई हस्तान्तरण गर्नेछ। तनहुँमा चैत २९, ३० र ३१ गते यात्रा रहनेछ। वैशाख २, ३, ४ र ६ गते टोली पाल्पा पुग्नेछ। ६ गते जितगढी पुगेपछि यात्रा भव्यताका साथ समापन गर्ने कार्यक्रम सेनाले तय गरेको छ।

यात्रामा सहभागीलाई पदमार्गमा पर्ने स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू सहितको उपस्थितिमा बिदाइ गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ। यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा स्थापना गरेका पाँच पल्टनका सेना सहभागी छन्।

यसअघि पनि सेनाले पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारसम्म यात्रा गरेको थियो। नेपाल एकीकरणको सुरुवात गोरखाबाट भएको र इतिहासका हरेक घटनामा गोरखा जोडिएकाले सेनाले गर्ने कार्यक्रम, गतिविधि पनि गोरखासँग जोडिएको रिपुमर्दन गणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...