— अमेरिकासँग बढ्दो ट्रेड वारका बीच चीनले आफ्ना नागरिकको अमेरिका यात्राबारे एडभाइजरी जारी गरेको छ ।
चीनको संस्कृति पर्यटन मन्त्रालयले एक एडभाइजरी जारी गर्दै अमेरिका यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ । अमेरिका जानुअघि जोखिम आकलन गर्न र सावधानीपूर्वक यात्रा गर्न सुझाव दिएको छ ।
यसमा चीन–अमेरिका आर्थिक र व्यापार सम्बन्धमा गिरावट र संयुक्त राज्य अमेरिकाको घरेलु सुरक्षा नीतिका कारण एडभाइजरी जारी गरिएको जनाएको छ ।
यस्तै चीनको शिक्षा मन्त्राललयले एक भिन्न चेतावनी जारी गरेको छ । आफ्ना विद्यार्थीलाई अमेरिका अध्ययनको निर्णय गर्नुअघि सुरक्षा जोखिम आकलन गर्न चेतावनी दिएको छ ।
ट्यारिफलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ । चीनले अमेरिकी वस्तुमा ८४ प्रतिशत ट्यारिफ घोषणा गरेको छ। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामग्रीमा १२५ प्रतिशत ट्यारिफ लगाएका छन् ।