मुख्य समाचार
चारदेशीय टि २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल विजयी
चारदेशीय टि २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल विजयी

: चारदेशीय टि २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल विजयी भएको छ। आज बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो।


हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १८५ रन बनाएको थियो। १८६ रनको विजय लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।


नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ रनको पारी खेले। उनले ५० बलमा ६ चौका र ६ छक्का प्रहार गरे।


नेपालका लागि ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलको शतकीय साझेदारीले नेपाललाई जित नजिक पुर्‍याए। नेपालका लागि पहिलो विकेटका लागि आसिफ र कुशलले १२७ रनको साझेदारी गरे।

नेपालको पहिलो विकेटको रुपमा आसिफ शेख क्याच आउट भए। उनले बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकीय पारी खेले।

तेस्रो क्रममा आएका कुशल मल्ल ४ रनमा कट् एण्ड बोल्ड भए। दिपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रन बनाउँदै खेल नेपालको पक्षमा पारेका थिए। १८औं ओभरमा तीन छक्का र एक चौका सहित नेपालले एक ओभरमा २५ रन जोड्दा खेल नेपालको पक्षमा ढल्किएको हो। कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा अविजित रहे।

कुवेतका लागि यासिन पटेलले २ विकेट लिए। मोहम्मद आस्लम र मोहम्मद सफिकले १-१ विकेट लिए।

यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८५ रन बनाएको हो।कुवेतका लागि ओपनर क्लिन्टो एन्टो लेस सर्वाधिक ४१ रन बनाए। उनले ३० बलमा ४चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर रविजा सान्दुवानले २६ रन बनाए। मित भावसारले ३५ उस्मान पटेलले १३ विलाल ताहिरले ३२ रन बनाए। कप्तान मोहम्मद आस्लम १७ र यासिन पटेल ३ रनमा अविजित रहे। null

नेपालका लागि बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिँदा ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिए।

नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको थियो। तेस्रो खेल १२ अप्रिलमा घरेलु टिम हङकङसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...