मुख्य समाचार
चारदेशीय टि २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल विजयी
चारदेशीय टि २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल विजयी

: चारदेशीय टि २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल विजयी भएको छ। आज बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो।


हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १८५ रन बनाएको थियो। १८६ रनको विजय लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।


नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ रनको पारी खेले। उनले ५० बलमा ६ चौका र ६ छक्का प्रहार गरे।


नेपालका लागि ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलको शतकीय साझेदारीले नेपाललाई जित नजिक पुर्‍याए। नेपालका लागि पहिलो विकेटका लागि आसिफ र कुशलले १२७ रनको साझेदारी गरे।

नेपालको पहिलो विकेटको रुपमा आसिफ शेख क्याच आउट भए। उनले बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकीय पारी खेले।

तेस्रो क्रममा आएका कुशल मल्ल ४ रनमा कट् एण्ड बोल्ड भए। दिपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रन बनाउँदै खेल नेपालको पक्षमा पारेका थिए। १८औं ओभरमा तीन छक्का र एक चौका सहित नेपालले एक ओभरमा २५ रन जोड्दा खेल नेपालको पक्षमा ढल्किएको हो। कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा अविजित रहे।

कुवेतका लागि यासिन पटेलले २ विकेट लिए। मोहम्मद आस्लम र मोहम्मद सफिकले १-१ विकेट लिए।

यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८५ रन बनाएको हो।कुवेतका लागि ओपनर क्लिन्टो एन्टो लेस सर्वाधिक ४१ रन बनाए। उनले ३० बलमा ४चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर रविजा सान्दुवानले २६ रन बनाए। मित भावसारले ३५ उस्मान पटेलले १३ विलाल ताहिरले ३२ रन बनाए। कप्तान मोहम्मद आस्लम १७ र यासिन पटेल ३ रनमा अविजित रहे। null

नेपालका लागि बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिँदा ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिए।

नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको थियो। तेस्रो खेल १२ अप्रिलमा घरेलु टिम हङकङसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...