मुख्य समाचार
माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल
माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल

। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् ।

मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र माल्दिभ्सबीचको सम्बन्ध सुमधुर रहेकाले माल्दिभ्सका विद्यार्थीलाई नेपालमा अध्ययनका लागि पठाउन आफूहरु इच्छुक रहेको बताइन् । उनले चिकित्सकहरुका लागि नेपाल राम्रो गन्तव्य रहेको बताएकी थिइन् ।

जवाफमा मन्त्री पौडेलले यथाशीघ्र तयारी पूरा गरेर अध्ययनका लागि वातावरण मिलाउने प्रतिवद्धता जनाए । मन्त्री पौडेलले नेपाल माल्दिभ्सका नागरिकलाई एमबीबीएस शिक्षा दिलाउनका लागि समेत तयार रहेको बताए।

मन्त्री पौडेलले यसअघि गत असोज ७ गते इन्डोनेसियाको जाकार्तामा माल्दिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्ला खलीलसँगको वार्तापछि माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी अध्ययन गराउन आवश्यक सुझाव दिन संयुक्त समिति गठन गरेका थिए ।

माल्दिभ्सले नेपालले वातावरण बनाएमा पीजी विद्यार्थी पठाउने बताएपछि मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिललाई चिकित्सा शिक्षाको द्विपक्षीय मान्यता तथा प्रवर्द्धनको उपायबारे सुझाव दिन आग्रह गरेका थिए ।

सोही अनुसार काउन्सिलले दुवै देशको मापदण्डका आधारमा द्विपक्षीय सम्झौतापश्चात विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन सकिने आसयको प्रतिवेदन दिएको थियो । सोही आधारमा मन्त्री पौडेलले सम्झौताको तयारी गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुषाल संयोजकत्वको सात सदस्यीय समिति गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कालीगण्डकीको उत्तरबाहिनी क्षेत्र पाल्पाको असेर्दी र स्याङ्जाको मालुंगाको संगमस्थल धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ। अर्सेदी मालुंगा संगमस्थलम कालीगण्डकी नदी उत्तर दिशातर्फ बगेको लामो दूरी मानिन्छ। गण्डकीको उत्तरबाहिनी क्षेत्र प्रचारप्रसार तथा महत्त्व बुझाउन गण्डकीको किनारामा उत्तर गण्डकी महामेला तथा दामोदर धर्मोत्सव गरिएको छ। हिन्दू धर्ममा उत्तरबाहिनी गण्डकीको विशेष महत्त्व रहेको छ। उत्तरबाहिनी ...
जेनजी आन्दोलनको क्रममा लुटिएको हतियार र गोली फेला
माओवादी केन्द्रमा टुट–फुट
झापा महिला गोल्डकप: सिक्किमको सिंग्लिङमाथि एपीएफको गोल वर्षा
स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच बढ्‌यो टकराव