मुख्य समाचार
राजस्थान रोयल्सलाई ५८ रनले हराउँदै गुजरातले चौथो जित
राजस्थान रोयल्सलाई ५८ रनले हराउँदै गुजरातले चौथो जित

। भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार चौथो जित निकालेको छ । बुधबार भएको खेलमा राजस्थान रोयल्सलाई ५८ रनले हराउँदै गुजरातले चौथो जित निकालेको हो ।

गुजरातले दिएको २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १९.२ ओभरमा १५९ रनमा अलआउट भयो । शिमरोन हेटमायरले सर्वाधिक ५२ रन बनाएपनि पर्याप्त हुन सकेन । कप्तान सन्जु सामसनले ४१ रन बनाए ।


गुजरातका प्रसिद कृष्णाले ३ विकेट लिए भने आरु साइ किशोर र राशिद खानले २-२ विकेट लिँदा मोहम्मद सिराज, अर्शाद खान र कुलवान्त खेजरिलियाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको थियो । साइ सुदर्शनले सर्वाधिक ८२ रन बनाए । ५३ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे ।


जस बटलर र शाहरुख खानले समान ३६ रन बनाउँदा राहुल तेवातिया २४ रनमा अविजित रहे । राजस्थानका तुषार देशपाण्डे र महीश थिक्सानाले २-२ तथा जोफ्रा आर्चरले १ विकेट लिए ।

यस जितसँगै ५ खेलमा चौथो जित निकालेको गुजरात ८ अंकसहित तालिकामा शीर्ष स्थानमा उक्लिएको छ भने ५ खेलमा ४ अंक मात्र भएको राजस्थान सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...