मुख्य समाचार
बार्सिलोनाले डर्टमुन्डलाई ४–० गोलअन्तरले हराए
बार्सिलोनाले डर्टमुन्डलाई ४–० गोलअन्तरले हराए

। स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि फराकिलो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले डर्टमुन्डलाई ४–० गोलअन्तरले हराएको हो ।

घरेलु मैदान क्याम्प नोउ भएको खेलमा बार्सिलोनाले खेलभर दबदबा कायम राख्दै डर्टमुन्डलाई कुनै मौका दिएन।

खेलको २५औं मिनेटमा ब्राजिलियन फरवार्ड राफिन्हाले पहिलो गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। दोस्रो हाफ सुरु भए लगत्तै ४८औं मिनेटमा रोबर्ट लेवान्डोव्स्कीले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे।

उनले खेलको ६६औं मिनेटमा व्यक्तिगत दोस्रो र टोलीको तेस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।

युवा स्टार लामियन यामालले ७७औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ४–० को शानदार जित दिलाए।

यो जितसँगै बार्सिलोना सेमिफाइनल नजिक पुगेको छ। दोस्रो लेग अब डर्टमुन्डको घरेलु मैदानमा हुनेछ, जहाँ डर्टमुन्डलाई सेमिफाइनल पुग्नका लागि चमत्कारी प्रदर्शन आवश्यक पर्नेछ ।

गएराति नै भएको अर्को खेलमा पीएसजीले एस्टन भिल्लालाई ३–१ ले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...