मुख्य समाचार
बार्सिलोनाले डर्टमुन्डलाई ४–० गोलअन्तरले हराए
बार्सिलोनाले डर्टमुन्डलाई ४–० गोलअन्तरले हराए

। स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि फराकिलो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले डर्टमुन्डलाई ४–० गोलअन्तरले हराएको हो ।

घरेलु मैदान क्याम्प नोउ भएको खेलमा बार्सिलोनाले खेलभर दबदबा कायम राख्दै डर्टमुन्डलाई कुनै मौका दिएन।

खेलको २५औं मिनेटमा ब्राजिलियन फरवार्ड राफिन्हाले पहिलो गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। दोस्रो हाफ सुरु भए लगत्तै ४८औं मिनेटमा रोबर्ट लेवान्डोव्स्कीले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे।

उनले खेलको ६६औं मिनेटमा व्यक्तिगत दोस्रो र टोलीको तेस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।

युवा स्टार लामियन यामालले ७७औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ४–० को शानदार जित दिलाए।

यो जितसँगै बार्सिलोना सेमिफाइनल नजिक पुगेको छ। दोस्रो लेग अब डर्टमुन्डको घरेलु मैदानमा हुनेछ, जहाँ डर्टमुन्डलाई सेमिफाइनल पुग्नका लागि चमत्कारी प्रदर्शन आवश्यक पर्नेछ ।

गएराति नै भएको अर्को खेलमा पीएसजीले एस्टन भिल्लालाई ३–१ ले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...