मुख्य समाचार
अमेरिका औषधिमा पनि ट्यारिफ लगाउने
अमेरिका औषधिमा पनि ट्यारिफ लगाउने

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंटन डीसीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिका औषधिमा पनि ट्यारिफ लगाउने बताएका छन् ।


उनले भने, ‘हामी एकदमै महत्त्वपूर्ण कदम उठाउन गइरहेका छौं । अब हामी औषधिमा पनि ट्यारिफ लगाउनेछौं । त्यसो हुँदा विदेशी कम्पनी औषधि बनाउनका लागि अमेरिका फर्किनेछन् । किनकी अमेरिका सबैभन्दा ठूलो बजार हो ।’


उनले यसबाट औषधि कम्पनीहरुमाथि दबाव बढ्ने र चीन जस्ता देशबाट आफ्नो कारोबार हटाएर अमेरिकामा उद्योग स्थापना गर्ने दाबी गरे । यस कदमले अमेरिका औषधि बिक्रेताका रुपमा उदाउने उनको भनाइ छ ।

गतसाता ट्यारिफ घोषणाका क्रममा औषधिमा छुट दिएका थिए । तर अहिले भने ट्रम्पले औषधिमा पनि छुट्टै ट्यारिफ लगाउने बताएका छन् ।

विश्वमा सबैभन्दा धेरै औषधि चीन, भारत र युरोपमा उत्पादन हुँदै आएका छन् । केही विशेषज्ञले यदि औषधिमा प्रयोग हुने सामग्रीमा शुल्क लगाउँदा आम मानिसका लागि औषधिको मूल्य अत्यधिक वृद्धि हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...