मुख्य समाचार
नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण
नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण

— चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण छ । बुधबार सार्वजनिक गरेको ‘एसियन डेमलपमेन्ट आउटलुक २०२५’ मार्फत एडीबीले गत आर्थिक वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो ।


आउँदो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर केही बढेर ५.१ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण छ । चालु आर्थिक वर्षमा मूल्यवृद्धि ५.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण एडीबीको छ । आगामी वर्षमा यो ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ । चालु आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रको विस्तार भएकाले आर्थिक वृद्धिमा सकारात्मक टेवा पुग्ने एडीबीको अनुमान छ ।


‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निर्माण क्षेत्रमा ७.७ प्रतिशत कर्जा विस्तार भएको छ । उत्पादनमूलक उद्योगमा कर्जा जाने सम्भावना पनि उच्च छ,’ एडीबीका नेपाल आवासीय मिसनका अर्थशास्त्री मानवरसिंह खड्काले भने, ‘यो क्षेत्रको वृद्धिलाई ऊर्जा क्षेत्रले धेरै नै योगदान गर्ने देखिन्छ ।’

पर्यटन आगमनमा भएको वृद्धिका कारण सेवा क्षेत्रको वृद्धि पनि सकारात्मक हुने, व्यापार तथा पारवहन क्षेत्रमा पनि सुधार हुने र स्वदेशी तथा विदेशी लगानी वृद्धिका लागि सरकारले गरेका नीतिगत सुधारले लगानी विस्तार हुनुका साथै सेवा क्षेत्रमा पनि सुधार आउने एडीबीले जनाएको छ ।

चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले गत साता सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट : अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यस वर्ष आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले नियमित कार्यालय समयमा खुद्रा नोट सटही सुविधा उपलब्ध गराएको छ । यसपालि दसैंमा केन्द्रीय बैंकले मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित कामकै रूपमा यस्तो सेवा दिने भएको हो । केन्द्रीय बैंकले यसपालि नयाँ तथा खुद्रा नोट सटहीको औपचारिक सूचना जारी नगर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले बताए । ‘दसैंका बेला नयाँ ...
। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्यवृद्धि भएर आएको भएपनि भोटेकोशीमा आएको असाधारण बाढीपहिरोका कारण सिर्जित परिस्थिति, आउँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई हेरेर मूल्य यथावत् राखेको निगमले जनाएको छ । निगमका विज्ञप्तिअनुसार यसरी पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक ३ अर्ब २० करोड ३८ लाख घाटा हुने ...
। नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ । कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकको अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो । एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकहरूबाट उपाध्यक्ष रहने प्रावधान छ । यस ...
: नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकारमा रङमा परिवर्तन गरेर नयाँ विशेषतासहितको ‘सिरिज २०२५’ को १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको जनाएको छ। एक सूचना जारी गर्दै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि नयाँ नोट चलनचल्तीमा आउने जानकारी दिएको छ। नयाँ नोटमा बैजनी रङको ...
। भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्रतिनिधिसभामा बाढीपछिको अवस्था र मन्त्रालयले गरिरहेको कामबारे जानकारी दिँदै समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि उक्त रकम आवश्यक पर्ने प्रारम्भिक मूल्यांकन भएको बताए ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम