मुख्य समाचार
(आइपीएल)मा पन्जाब किङ्सले सुपर किङ्सलाई १८ रनले पराजित
(आइपीएल)मा पन्जाब किङ्सले सुपर किङ्सलाई १८ रनले पराजित

: इन्डियन प्रिमियर लिग (आइपीएल)मा पन्जाब किङ्सले सुपर किङ्सलाई १८ रनले पराजित गरेको छ। पञ्जाबको जितमा युवा ब्याटर प्रियांश अर्यालले उत्कृष्ट शतकीय पारी खेले।


मुलानपुरस्थित महाराजा यादावेन्द्र सिंह इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पन्जाबले २१९ रन बनाएको थियो। पन्जाबले दिएको २२० रनको लक्ष्य पछाएको चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०१ रन बनायो।


चेन्नाईका लागि ओपनर डेवोन कोन्वेले सर्वाधिक ६९ रनको अर्धशतकीय पारी खेले। उनले ४९ बलमा ६ चौका २ छक्का प्रहार गरेका हुन्। अर्का ओपनर रचिन रविन्द्रले ३६ रन बनाए। कप्तान ऋतुराज गायकवार्ड खाता मात्रै खोलि क्याच आउट हुँदै पेभिलियन फर्किए। शिवम दुवैले ४२ र महेन्द्रसिंह धोनीले २७ रन बनाए।


पञ्जाबका लागि बलिङतर्फ लोकी फेरगुसोनले २ विकेट लिए। यश ठाकुर र ग्लेन म्याक्सवेलले समान १-१ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रन बनाएको थियो।

पन्जाबका लागि ओपनर प्रियाशं अर्याले सर्वाधिक १०३ रनको शतकीय पारी खेले। उनले ४२ बलमा ७ चौका र ९ छक्का प्रहार गर्दै आक्रमक शतक बनाएका थिए। यो २०२५ को आइपीएल सिजनको दोस्रो शतक हो। सिजनको पहिलो शतक इशान किसानको नाममा रहेको छ। उनले राजस्थान रोयल्स विरुद्ध १०६ रनको अविजित शतकीय पारी खेलेका थिए।

पञ्जाबका अर्का ओपनर प्रविसिमरन सिंह डकआउट भए। त्यसपछिका चार ब्याटरले दोहोरो अङ्कमा रन बनाउनै सकेनन्। कप्तान श्रेयस अय्यरले ९ रनमै बोल्ड आउट भए। शशांक सिंहले ५२ रनको अविजित अर्धशतकीय पारी खेल्दा उनीसँगै मार्को जान्सन ३४ रनमा अविजित रहे। यी दुईले सातौं विकेटको लागि ६५ रनको अविजित साझेदारी गरे।

चेनाईका लागि बलिङतर्फ खलिल हमिद र रविचन्द्र आश्विन ले समान २-२ विकेट लिए। मुकेश चौधरी र नुर अहमदले १-१ विकेट लिए । पञ्जाबले यससँगै चार खेलमा तीन जित र एक हार बेहोरेको छ।

चेन्नाई सुपर किंग्सले भने पाँच खेल खेल्दै एकमात्र जित दर्ता गर्दै लगातार चार हार बेहोरेको छ। पहिलो खेलमा जित दर्ता गरेको सीएसकेले त्यसपछि भने जित्न बिर्सिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...