मुख्य समाचार
नेपाल राष्ट्र बैंकको नीतिबारे राजनीतिक हस्तक्षेप नहुने : अर्थमन्त्री पौडेल
नेपाल राष्ट्र बैंकको नीतिबारे राजनीतिक हस्तक्षेप नहुने : अर्थमन्त्री पौडेल

। अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको नीतिबारे राजनीतिक हस्तक्षेप नहुने बताएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा पौडेलले अटो क्षेत्रमा लिइएका नीति राष्ट्र बैंक आफैंले लिएको बताएका छन् ।




उपप्रधानमन्त्री समेत रहेका पौडेलले राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामा ऋण मूल्य अनुपात सीमा घटाएकोमा अटो व्यवसायी असन्तुष्ट रहेको सरकारलाई जानकारी भएको बताए ।

‘जहाँको ८०/६० को विषय छ । यो नीति ढुंगाको अक्षर होइन, छलफल गरेर मिलाउन सकिन्छ,’ उनले भने ।




अर्थमन्त्री पौडेलले राष्ट्र बैंकले आवधिक निर्णय गर्ने र सोही क्रममा स्वायत्त संस्थाका हिसाबले नीति ल्याउने बताए ।

‘यहाँ राजनीतिक हस्तक्षेप हुने गरेको हुँदैन । यसमा राष्ट्र बैंकलाई अटो व्यवसायीले कन्भिन्स गर्नुपर्छ, कि अटो व्यवसायीलाई राष्ट्र बैंकले, तब न निष्कर्षमा पुगिन्छ,’ पौडेलले भने ।

अटो मोबाइलको भूमिका देशको अर्थतन्त्रमा ठूलो रहेको भन्दै उनले एक समय व्यापारबाट सुरु भएको अटो क्षेत्र अहिले निर्माण क्षेत्रमा पनि पुगेको बताए ।

‘अब सीमाभित्र मात्र नभई सीमा बाहिर पनि हाम्रो उत्पादन लैजान सक्नुपर्छ । विश्व बजारमा हाम्रो दायरा पुर्‍याउन आवश्यक छ,’ पौडेलले भने ।

‘अर्थतन्त्र रिफर्म गर्दैछौं’

सरकार अहिले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी अध्यादेश ल्याएर अहिले कानुन निर्माण गरी कार्यान्वयनमा गर्न थालिसकेको अर्थमन्त्री पौडेलले बताए ।

लगानीमैत्री वातावरण भएकाले अटो क्षेत्रले लगानी बढाउन समेत आग्रह गरेको छ । आवश्यकता अनुसार अर्थतन्त्र ‘रिफर्म’ गर्दै जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, बजारमा भएको मूल्यवृद्धि र उपभोक्ता हितका विषयमा गम्भीर ध्यानआकर्षण भएको बताएका छन् । उनले समितिको बैठकमा यस्तो बताएका हुन् । भारतले निर्यात रोकेपछि सुरुमा पर्याप्त मौज्दात रहेको र मूल्य नबढ्ने प्रतिबद्धता आए पनि केही महिनाभित्रै चीनीको मूल्य अत्यधिक बढेको ...
: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी कुल रु. ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २ सय ६१ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्मको तथ्यांकअनुसार उक्त रकम संकलन भएको हो। कार्यालयका अनुसार हाल ९ वटा वाणिज्य बैंकमा रु. ८ अर्ब ५९ करोड १९ ...
: रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको क्षतिपछि सञ्चालन गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकअनुसार स्वदेशी बैंकहरूमा करिब ७.८९ अर्ब रुपैयाँ र डलर खातामा थप ६१.४ लाख अमेरिकी डलर (करिब ८४.१ करोड रुपैयाँ) संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। बाढी आउनुअघि ...
। वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन् । ग्यास उद्योगी तथा नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार हिजो सोमबार रातिदेखि बाटोमा अलपत्र ग्यासका गाडी आज दिउँसो राजधानी प्रवेश गरेका हुन् । ‘हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन्,’ पूर्वअध्यक्ष ...
। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि ...