मुख्य समाचार
चीनले भन्यो- अमेरिकी ट्यारिफले आकाश खस्दैन
चीनले भन्यो- अमेरिकी ट्यारिफले आकाश खस्दैन

। ट्यारिफलाई लिएर अमेरिका र चीनबीच ट्रेड वारको सम्भावना बढेको छ ।

ट्रम्प दोस्रोपटक अमेरिकी सरकारको नेतृत्वमा आएपछि अप्रिल २ मा चीन, भारतसहित संसारका धेरै देशहरूबाट अमेरिका भित्रिने सामानमा अतिरिक्त आयात शुल्क (ट्यारिफ) घोषणा गरिएको थियो । त्यसको बदलामा चीनले पनि अमेरिकाबाट आयात हुने वस्तुमा ३४ प्रतिशतसम्म ट्यारिफ लगाउने निर्णय गरेको थियो ।




अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै यदि चीनले अमेरिकामाथि लगाइएको ३४ प्रतिशत ट्यारिफ फिर्ता नलिए उमाथि बुधबारदेखि थप ५० प्रतिशत ट्यारिफ लागू गर्ने चेतावनी दिएका थिए ।

यस विषयमा चीनले जवाफ फर्काउँदै अमेरिकाको ब्ल्याकमेलिङ प्रवृत्तिविरुद्ध अन्तिमसम्म लडिरहने जनाएको छ ।




चीनको प्रतिक्रिया : अमेरिकाको ट्यारिफले आकाश खस्दैन

ट्रम्पका पछिल्ला धम्कीहरुलाई चुनौती दिन चीनले सत्तारुढ कम्युनिष्ट पार्टीको प्रचारयन्त्र सक्रिय बनाएको छ । चीनको सरकारी पत्रिका पिपुल्स डेलीले ‘चीनसँग व्यवहार गर्ने सही तरिका दबाब र धम्की होइन’ शीर्षकमा समाचार टिप्पणी लेखेको छ ।

त्यसमा लेखिएको छ, ‘हामीमाथि लगाइएको ट्यारिफ बढाउने धम्की दिएर अमेरिका गल्तीमाथि गल्ती गरिरहेको छ । यस्तो धम्कीबाट अमेरिकाको ब्ल्याकमेलिङ प्रवृत्ति देखिएको छ, जसलाई चीन कहिल्यै स्वीकार गर्ने छैन । यदि अमेरिका आफ्नो मनपरीमै अडिग रहन्छ भने चीन पनि अन्तिमसम्म लड्नेछ ।’

साथै ट्रम्प प्रशासनले ट्यारिफलाई हतियारको रुपमा दुरुपयोग गरिरहेको आरोप लगाइएको छ । साथै ट्रम्पको व्यापार युद्धको प्रभावकारितामाथि पनि प्रश्न उठाउँदै लेखिएको छ, ‘अमेरिकाले एकतर्फी रुपमा चीनविरुद्ध व्यापार युद्ध सुरु गरेको एक वा दुई भन्दा बढी भइसक्यो । नतिजा के भयो ?’

लेखको ठहर छ, ‘चीनको वैदेशिक व्यापारले दबाबबीच पनि बलियो लचिलोपन देखाएको छ र चिनियाँ अर्थतन्त्रले सधैं विकास र प्रगति कायम राखेको छ । यसको विपरीत, अमेरिका न त व्यापार घाटा घटाउन सक्यो, न त उत्पादन फिर्ता ल्याउन । बरु आफ्नै कम्पनीहरू र उपभोक्ताहरूलाई नोक्सान पुगेको छ ।’

पिपुल्स डेलीमा प्रकाशित टिप्पणीमा अमेरिकी ट्यारिफले आकाश नखस्ने उल्लेख छ । उक्त लेखमा लेखिएको छ, ‘यदि ट्रेड वार भयो भने चीन पूर्ण रूपमा तयार छ र अझ बलियो भएर बाहिर निस्कने छ, अमेरिकी ट्यारिफको असर पक्कै हुनेछ, तर आकाश खस्दैन ।’

‘यदि ट्रेड वार भयो भने चीन पूर्ण रूपमा तयार छ र अझ बलियो भएर बाहिर निस्कनेछ,’ चीनको विदेश मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै विश्वका लागि ढोका खुला राख्ने जनाएको थियो । ‘विश्वकै दोस्रो ठूलो अर्थतन्त्र र उपभोक्ता बजारको हैसियतले चीनले अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन आए पनि विश्वका लागि आफ्ना ढोका खुला राखिरहनेछ,’ मन्त्रालयले भनेको थियो ।

चीनका वाणिज्य मन्त्रालयका उपमन्त्री लिङ जीले आइतबार अमेरिकाबाट लगानी प्राप्त गर्ने २० कम्पनीका प्रतिनिधिहरूसँग भेट गरेका थिए । सो भेटमा लिङले चीनलाई लगानीको लागि एक ‘आदर्श, सुरक्षित र सम्भावनायुक्त गन्तव्य’ भएको बताएका थिए । भेटमा टेस्ला र जीई हेल्थकेयर जस्ता ठूला कम्पनीका प्रतिनिधिहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम