मुख्य समाचार
अस्ट्रेलियाका युवा क्रिकेटर विल पुकोभ्स्कीले २७ वर्षकै उमेरमा सबै फर्म्याबाट सन्यासको घोषणा
अस्ट्रेलियाका युवा क्रिकेटर विल पुकोभ्स्कीले २७ वर्षकै उमेरमा सबै फर्म्याबाट सन्यासको घोषणा

। अस्ट्रेलियाका युवा क्रिकेटर विल पुकोभ्स्कीले २७ वर्षकै उमेरमा सबै फर्म्याबाट सन्यासको घोषणा गरेका छन्। पटक–पटकको टाउको चोट (कन्कसन) का कारण उनले यस्तो निर्णय लिनुपरेको बताएका छन्।

पछिल्लो पटक २०२४ को मार्चमा शेफिल्ड शिल्डको खेलमा राइली मेरीडिथको बाउन्सरले हिर्काउँदा उनी घाइते भएका थिए। त्यसपछि स्वास्थ्य समस्या बढ्दै गएपछि उनले यस निर्णय लिएका हुन्।




‘अब म फेरि कहिल्यै क्रिकेट खेल्नेछैन’ पुकोभ्स्कीले एसइएन रेडियोलाई बताएका छन्, ‘यो वर्ष निकै कठिन रह्यो। टाउकोको चोटपछि सामान्य जीवन चलाउन पनि गाह्रो भयो। केही महिना हिँड्न पनि गाह्रो भयो, सुतिरहन्थें, घरका काममा हात हाल्न सक्दिनथेँ।’

चिकित्सकको टोलीले पनि उनलाई खेल जीवन अन्त्य गर्न सुझाव दिएका थिए। ‘मैले निर्णय तब मात्रै गर्न चाहन्थें जब म लक्षणमुक्त हुन्थें, तर सुधार भएन’, उनले भने।




पुकोभ्स्कीले बताएअनुसार टाउकोको चोटले उनको मानसिक स्वास्थ्य, थकान, टाउको दुख्ने समस्या, र शरीरको बायाँ भागमा असहजता ल्याएको छ। ‘बाँयापट्टि केही भए चक्कर लाग्छ, वाकवाकी लाग्छ’ उनले भने, ‘२७ वर्षको उमेरमा अझ धेरै कुराहरु गर्नु थियो, तर स्वास्थ्यले खेल जीवन सकियो।’

२०२१ मा भारतविरुद्ध एससीजीमा आफ्नो एकमात्र टेस्ट खेलेका पुकोभ्स्कीलाई अष्ट्रेलियाको भविष्यको स्टार मानिन्थ्यो। ‘१०० टेस्ट खेल्ने सपना थियो, तर १ टेस्टमै अन्त्य भयो’ उनले भावुक हुँदै भने।

उनको यो निर्णयले क्रिकेटप्रेमीहरु भावुक बनेका छन्, तर धेरैले उनको स्वास्थ्यलाई प्राथमिकता दिएको सही निर्णय मानेका छन्।

-एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...