मुख्य समाचार
इंग्ल्यान्डका क्रिकेटर ह्यारी ब्रुकलाई टी-२०आई र एकदिवसीय दुवै फर्म्याटको नयाँ कप्तान घोषणा
इंग्ल्यान्डका क्रिकेटर ह्यारी ब्रुकलाई टी-२०आई र एकदिवसीय दुवै फर्म्याटको नयाँ कप्तान घोषणा

। इंग्ल्यान्डका क्रिकेटर ह्यारी ब्रुकलाई टी-२०आई र एकदिवसीय दुवै फर्म्याटको नयाँ कप्तान घोषणा गरिएको छ। जस बटलरले गत मार्चमा सम्पन्न च्याम्पियन्स ट्रफीपछि कप्तानी छाडेपछि ब्रुकले नेतृत्व पाएका हुन्।

२६ वर्षीय ब्रुक अघिल्लो वर्षदेखि इंग्ल्यान्डको ह्‍वाइट बल उपकप्तान थिए र गत सेप्टेम्बरमा अष्ट्रेलियाविरुद्ध बटलर अनुपस्थित रहँदा पाँच एकदिवसीय खेलको कप्तानी पनि गरिसकेका खेलाडी हुन्। अब उनले आधिकारिक रूपमा पहिलो पटक कप्तानको रूपमा वेस्ट इन्डिजसँग मेको अन्त्यमा हुने तीन टी-२०आई र तीन एकदिवसीय खेलहरूमा टिमको नेतृत्व गर्नेछन्।




ब्रुकले भने, ‘इंग्ल्यान्डको कप्तान बन्नु ठूलो सम्मान हो। म बाल्यकालदेखि नै यर्कशायरका लागि खेल्ने, इंग्ल्यान्ड प्रतिनिधित्व गर्ने र एक दिन टिमको नेतृत्व गर्ने सपना देख्थेँ। आज त्यो सपना पूरा भएको छ।’

२०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका ब्रुक सबै फर्म्याटमा इंग्ल्यान्डका प्रमुख खेलाडी बनेका छन्। टेस्ट क्रिकेटमा उनी अहिले विश्वमा दोस्रो नम्बरका ब्याट्सम्यान हुन्, जसमा उनका टिममेट जो रुट मात्र अगाडि छन्। उनले पाकिस्तानविरुद्ध मुल्तानमा ३१७ रनको उत्कृष्ट पारी खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...