मुख्य समाचार
ट्रम्पको कर नीतिले विश्व सेयर बजारमा पहिरो
ट्रम्पको कर नीतिले विश्व सेयर बजारमा पहिरो

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि विश्व अर्थ बजारमा हलचल देखिएको छ । अनुदान रोक्ने ट्रम्पको निर्णयले विश्व अर्थतन्त्र तरंगित बनेका बेला मुख्य व्यापार साझेदार राष्ट्रहरूलाई उच्च भन्सार कर लगाएसँगै विश्व सेयर बजार ओरालो लागेको हो ।


ट्रम्पले गत साता अमेरिका भित्रिने सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क घोषणा गरेका थिए । अमेरिकाले करिब ६० देशमाथि उनीहरूले अमेरिकी उत्पादनमाथि लगाएको महसुलको करिब ५० प्रतिशत भन्सार शुल्क लगाएको ट्रम्पले बताए । १० प्रतिशत शुल्क ५ अप्रिल र अन्य शुल्क ९ अप्रिलदेखि लागू हुने बताइएको छ । यी निर्णयले विश्व अर्थतन्त्रलाई तरंगित बनाएको छ, जसको प्रत्यक्ष असर विश्व व्यापारसँगै सेयर बजारमा देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


अमेरिकी सेयर बजार वालस्ट्रिटका प्रमुख सूचक सोमबार उच्च अंकले घटे । वित्तीय एवं सेवा क्षेत्रका कम्पनीको बाहुल्य भएको एस एन्ड पी ५०० सूचक १८३.४८ अंक (३.६१ प्रतिशत) र सूचना प्रविधि एवं बायोटेक्नोलोजी कम्पनी सूचीकृत रहेको नास्डाक कम्पोजिट ५६६.२१ अंक (३.६३ प्रतिशत) घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

मासिक रूपमा एस एन्ड पी ५०० सूचक १५.२३ प्रतिशत र ‘नास्डाक’ १९.४५ ले घटेका छन् । वार्षिक रूपमा पनि यी सूचक उच्च अंकले ऋणात्मक छन् । वार्षिक रूपमा नास्डाकमा ६.५२ र एस एन्ड पी ५०० ६.६७ प्रतिशतले ऋणात्मक रहे । यसैगरी ३० वटा कम्पनीको संयुक्त सूचक डाउजोन्स इन्डस्ट्रियल एभरेज सोमबार ११४८ अंक (३ प्रतिशत) ले घटेको छ । मासिक रूपमा यो १३.१७ र वार्षिक रूपमा ४.४७ प्रतिशतले गिरावट आएको छ । न्युयोर्क स्टक एक्सचेन्जको संयुक्त परिसूचकमा पनि आइतबार ७९८ अंक (४.५३ प्रतिशत) र एस एन्ड पीको संयुक्त सूचकांक ८ सय २४ अंक (३.५६ प्रतिशत) ले घटे । मासिक रूपमा न्युयोर्क स्टक १४.०६ प्रतिशत र एस एन्ड पीको संयुक्त सूचकांक ९.६५ प्रतिशतले घटेको ब्लुमबर्गले जनाएको छ । वार्षिक रूपमा भने न्युयोर्क स्टक ७.१९ प्रतिशतले ऋणात्मक हुँदा एस एन्ड पी ०.४७ प्रतिशतले सकारात्मक अवस्थामा छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पका पछिल्ला हरेक निर्णयले युरोपका सेयर बजार धेरै प्रभावित बनेका छन् । जसअनुसार सोमबार कारोबारमा पेरिसस्थित ‘क्याक ४०’ सूचक ३२२.५९ अंक (४.४३ प्रतिशत) ले घटेको छ । फ्र्यांकफर्टस्थित ‘ड्याक्स’ सूचक ८६४.९५ अंक (४.१४ प्रतिशत) ले घट्यो । मासिक रूपमा ड्याक्स १३.७१ र ‘क्याक ४०’ १४.१७ प्रतिशतले घटे । तर वार्षिक रूपमा ड्याक्स परिसूचक ७.४५ प्रतिशतले सकारात्मक र ‘क्याक ४०’ १३.७४ प्रतिशतले ऋणात्मक छ ।


लन्डनस्थित फुट्सी १०० पनि ३०९.४२ अंक (३.८४ प्रतिशत) ले घटेको छ । मासिक रूपमा यो सूचकमा १०.७६ र वार्षिक रूपमा २.७५ प्रतिशतले ऋणात्मक बनेको छ । बेलायत, डेनमार्क, पोल्यान्ड, फ्रान्स, टर्की, बहराइन, यूएईलगायत देशका सेयर बजार पनि उच्च अंकले घटेका छन् ।

राष्ट्रपति ट्रम्पका पछिल्ला निर्णयबाट एसिया प्यासिफिक क्षेत्रका सेयर बजार सबै उच्च अंकले घटेर बन्द भएका छन् । यो क्षेत्रका प्रमुख सेयर बजारहरू दैनिक र मासिक रूपमा घटेर बन्द भएका छन् भने वार्षिक रूपमा आंशिक प्रभावित भएका छन् । सोमबार जापानको निक्केई २६४४ अंक अथवा ७.८३ प्रतिशतले घटेर बन्द भयो । मासिक रूपमा यो सूचक १५.५९ र वार्षिक रूपमा २०.८७ प्रतिशतले घटेको ब्लुमबर्गले जनाएको छ ।



टोकियो स्टक एक्सचेन्जको मूल्य सूचकांक टोपिक्स पनि १९३.४० अंक अथवा ७.७९ प्रतिशतले घटेको छ । मासिक रूपमा यो सूचक १५.५० र वार्षिक रूपमा १५.३२ प्रतिशतले ऋणात्मक छ । अस्ट्रेलियाको मुख्य सेयर बजार एस एन्ड पी– एएसएक्स २०० करिब ३२४.५९ अंक (४.२३ प्रतिशत) ले घटेको छ । मासिक ७.६१ प्रतिशतले गिरावट भएको यो सूचकांक वार्षिक रूपमा ५.७२ प्रतिशतले घटेको छ ।

प्यासिफिक क्षेत्रका १५ मुलुकमा स्टकको संयुक्त सूचकांक एमएससीआई एसिया प्यासिफिक ४ अंक (२.२३ प्रतिशत) ले घटेर बन्द भएको छ । मासिक रूपमा यो सूचक ५.१७ प्रतिशतले ऋणात्मक हुँदा वार्षिक रूपमा १.७३ प्रतिशतले सकारात्मक छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पका निर्णयले चीन र हङकङको सेयर बजार पनि प्रभावित भएको सञ्चार माध्यमले बताएका छन् । सोमबार चीनको सांघाई कम्पोजिट २४५ अंक (७.३४ प्रतिशत) घटेर बन्द भयो । मासिक रूपमा ८.१८ प्रतिशतले ऋणात्मक रहेको यो सूचक वार्षिक रूपमा ०.८९ प्रतिशतले सकारात्मक छ । हङकङको हेङसेङ सूचक ३०२१.५१ अंक (१३.२२ प्रतिशत) ले घटेर बन्द भयो । सोमबार चीन, हङकङ, दक्षिण कोरियालगायत राष्ट्रका मुख्य सेयर बजार उच्च अंकले घटेर बन्द भए । भारतका सेयर बजार पनि सोमबार उच्च दरले घटे । भारतको बम्बई स्टक एक्सचेन्ज (बीएसई १००) ७६५ अंक (३.२० प्रतिशत) ले घटेर बन्द भयो । यो मासिक रूपमा १.४६ र वार्षिक रूपमा १.६० प्रतिशतले ऋणात्मक अवस्थामा बन्द भएको छ ।

सेन्सेक्स २२२६.७९ अंक (२.९५ प्रतिशत) ले घटेर बन्द भएको छ । यो सूचक मासिक रूपमा १.६१ र वार्षिक रूपमा २.१५ प्रतिशत घटेको तथ्यांक छ । सोमबार ‘निफ्टी ५०’ ३.२४, बम्बई स्टक एक्सचेन्ज (बीएसई २००) ३.२४ र बम्बई स्टक एक्सचेन्ज (बीएसई ५००) ३.२९ प्रतिशतले घटेर बन्द भए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम