मुख्य समाचार
अफगानिस्तान यू१९ टिमले युथ ओडीआई सिरिज आफ्नो नाममा
अफगानिस्तान यू१९ टिमले युथ ओडीआई सिरिज आफ्नो नाममा

: युथ ओडीआई सिरिजको दोस्रो खेलमा नेपालमाथि १ रनको नाटकीय जित निकाल्दै अफगानिस्तान यू१९ टिमले युथ ओडीआई सिरिज आफ्नो नाममा गरेको छ।




मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा अलआउट हुँदै १६८ रन जोड्यो। अफगानिस्तानले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९.३ ओभरमा १६७ बनाउँदै अलआउट भएको हो।

अन्तिम ओभर ११ रन चाहिँदा नेपालका लागि ध्रुव सोनारले पहिलो र तेस्रो बलमा २ चौका प्रहार गर्दै खेललाई रोमाञ्चक बनाएका थिए। नेपाललाई जितका लागि ३ बलमा ३ रन चाँहिदा ४९.४ ओभरमा महबुब खानले फालेको बललाई अम्पायरले नो-बलको इशारा दिएका थिए। ध्रुव सोही बलमा रन आउट हुँदा नेपाल १६७ रनमा अलआउट भएको हो।

नेपालका लागि ओपनर ब्याटर साहिल पटेलले सर्वाधिक ६४ रन बनाए। उनले ११९ बलमा ६ चौका प्रहार गरेका हुन्। अर्का ओपनर निरज कुमार यादवले १५ रन बनाए। कप्तान नरेन भट्टले १३ रन बनाए। अभिषेक तिवारीले २४ रन बनाए। ध्रुवले २१ रन बनाए। विपिन शर्मा शून्यमा अविजित रहे।

अफगानिस्तानका लागि वाहिदुल्लाह जद्रान, जैतुल्लाह शाहिन र हाफिज जद्रानले समान २–२ विकेट लिए। रोहुल्ला अरब, महबुब खान र उजाइरुल्ला नियाजाइले समान १–१ विकेट लिए।

पहिलो इनिङ्समा ब्याटिङ गरेको अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए। उनले ११४ बलमा १ चौका प्रहार गरे। ओपनरद्वय उजाइरुल्लाह नियाजाइ र खालिद अहमदजाइले क्रमशः १९ र १० रन बनाए। नाजिफुल्लाह अमिरीले १६, खातिर स्तानिकाजाइले ११ र रोहुल्ला अरबले २७ रन बनाए।

नेपालका लागि बलिङमा सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभरमा १ मेडन सहित २३ रन खर्चिए। विपिन शर्मा र सिब्रिन श्रेष्ठले समान २–२ विकेट लिए। अभिषेक तिवारी र अपराजित पौडेलले १–१ विकेट लिए।

पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो। नेपालले तीन खेल सम्मेलित सिरिजको अन्तिम खेल चैत्र २७ गते खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...