मुख्य समाचार
अफगानिस्तान यू१९ टिमले युथ ओडीआई सिरिज आफ्नो नाममा
अफगानिस्तान यू१९ टिमले युथ ओडीआई सिरिज आफ्नो नाममा

: युथ ओडीआई सिरिजको दोस्रो खेलमा नेपालमाथि १ रनको नाटकीय जित निकाल्दै अफगानिस्तान यू१९ टिमले युथ ओडीआई सिरिज आफ्नो नाममा गरेको छ।




मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा अलआउट हुँदै १६८ रन जोड्यो। अफगानिस्तानले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९.३ ओभरमा १६७ बनाउँदै अलआउट भएको हो।

अन्तिम ओभर ११ रन चाहिँदा नेपालका लागि ध्रुव सोनारले पहिलो र तेस्रो बलमा २ चौका प्रहार गर्दै खेललाई रोमाञ्चक बनाएका थिए। नेपाललाई जितका लागि ३ बलमा ३ रन चाँहिदा ४९.४ ओभरमा महबुब खानले फालेको बललाई अम्पायरले नो-बलको इशारा दिएका थिए। ध्रुव सोही बलमा रन आउट हुँदा नेपाल १६७ रनमा अलआउट भएको हो।

नेपालका लागि ओपनर ब्याटर साहिल पटेलले सर्वाधिक ६४ रन बनाए। उनले ११९ बलमा ६ चौका प्रहार गरेका हुन्। अर्का ओपनर निरज कुमार यादवले १५ रन बनाए। कप्तान नरेन भट्टले १३ रन बनाए। अभिषेक तिवारीले २४ रन बनाए। ध्रुवले २१ रन बनाए। विपिन शर्मा शून्यमा अविजित रहे।

अफगानिस्तानका लागि वाहिदुल्लाह जद्रान, जैतुल्लाह शाहिन र हाफिज जद्रानले समान २–२ विकेट लिए। रोहुल्ला अरब, महबुब खान र उजाइरुल्ला नियाजाइले समान १–१ विकेट लिए।

पहिलो इनिङ्समा ब्याटिङ गरेको अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए। उनले ११४ बलमा १ चौका प्रहार गरे। ओपनरद्वय उजाइरुल्लाह नियाजाइ र खालिद अहमदजाइले क्रमशः १९ र १० रन बनाए। नाजिफुल्लाह अमिरीले १६, खातिर स्तानिकाजाइले ११ र रोहुल्ला अरबले २७ रन बनाए।

नेपालका लागि बलिङमा सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभरमा १ मेडन सहित २३ रन खर्चिए। विपिन शर्मा र सिब्रिन श्रेष्ठले समान २–२ विकेट लिए। अभिषेक तिवारी र अपराजित पौडेलले १–१ विकेट लिए।

पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो। नेपालले तीन खेल सम्मेलित सिरिजको अन्तिम खेल चैत्र २७ गते खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...